khulla manch

January 26, 2007

मधेसवादी आन्दोलन, माओवादी धम्की

Filed under: बिबिध

रामनारायण देव

मधेस आन्दोलनरत छ । मधेसवादीको नाममा संगठित मोर्चा, मञ्च, फोरमले संयुक्त रूपमा आन्दोलन तीव्र पारेका छन् । मधेसमा तीन वर्षेखि हिंसात्मक आन्दोलन चलाइरहेको जनतान्त्रिक तर्राई मुक्ति मोर्चाले यता आएर उग्ररूप धारण गरी जनजीवन अस्तव्यस्त पारिदिएको छ ।

माओवादीको भ्रातृ संगठन मधेस मुक्ति मोर्चाबाट अलग्गिएको तर्राई मोर्चा ‘स्वतन्त्र तर्राई’ को मागसहित आन्दोलनरत छ । भिन्नै चरित्र र विचार बोकेको मोर्चा तर्राईलाई छुट्टै राष्ट्र बनाउन उद्यत छ । मोर्चाको संस्थापनपक्ष्ँ जयकृष्ण गोइतबाट अलग भएर ज्वाला सिंहले आफ्नै अध्यक्ष्ँतामा अर्काे मोर्चा गठन गरेका छन् । दुवै पक्ष्ँबीच केही मतान्तर देखिए पनि उनीहरूको एउटै लक्ष्य छ ।

तर्राईले मुलुकको राष्ट्रिय अर्थतन्त्रमा करिब ७५ प्रतिशत योगदान पुर्‍याउ“दै आएको छ । तर्राईवासीलाई राजनीतिक, प्रशासनिक लगायत हरेक क्ष्ँेत्रमा भेदभावपर्ूण्ा व्यवहार गर्दै आइएको छ । यसै भेदभावबाट चेतनशील राजनीतिज्ञहरूले ००७ सालको जनक्रान्ति लगत्तै तर्राई कांग्रेस पार्टर्ीीथापना गरी तर्राई समस्या राष्ट्रिय स्तरमा उजागर गरेका थिए । ०१७ सालको काण्डपछि यो मुद्दा सेलायो । ०४६ सालको जनआन्दोलनपछि नेपाल सद्भावना पार्टर्ीीथापना भई मधेसी हकहितका लागि दबाबमूलक भूमिका निभाउ“दै आयो ।

मधेस र मधेसीका नाममा मधेसी जनअधिकार फोरम, मधेसी जनएकता मञ्च, मधेसी जनसरोकार केन्द्र, मधेसी जागरण अभियानजस्ता संगठन बनेका छन् । मधेसका युवा वर्गमा आएको चेतनाले शताब्दीऔंदेखिको राज्यसत्ताको व्यवहार र सोचाइप्रति आक्रोश सिर्जना भएको हो । संसद्मा सशस्त्र माओवादी प्रवेश भए पनि त्यसैबाट छुट्टएिको तर्राई मोर्चाले तर्राईमा हिंसात्मक आन्दोलन तीव्र पारेको छ । हत्या, अपहरण, चन्दा असुली र पहाडी मूलका मानिसको आवागमनमा रोक लगाउनुजस्ता घटना दिनानुदिन भइरह“दा  पनि सरकार मूकदर्शक बनिरहेछ । सरकार मोर्चालाई माओवादीबाट छुट्टएिको हो भनी पन्छिन खोजिरहेछ । मोर्चाको उद्देश्य र रणनीति माओवादीभन्दा र्सवथा भिन्न छ । दुवैको अलग उद्देश्य छ ।

माओवादीले संसद्मा सपथग्रहण लिएको भोलिपल्ट रेडियो नेपालसितको अन्तर्वार्तामा प्रचण्डले तर्राई मोर्चा एउटा आपराधिक संगठन रहेकोले यसलाई शक्तिद्वारै नियन्त्रण गर्नर्ुपर्छ भनी कडा शब्दमा विरोध गरे । साथै यो सामन्ती जमिनदारद्वारा सञ्चालित भएको आरोप लगाई मोर्चाको राजनीतिक माग बेवास्ता गरेका छन् । माओवादीले  तर्राई मोर्चालाई गन्दै गनिरहेका छैनन् । उता मोर्चाका संस्थापक अध्यक्ष  गोइतले आफूले सरकारसित पटक-पटक वार्ताका लागि विज्ञप्ति जारी गर्दा पनि सरकारले बेवास्ता गरी अन्तरिम संविधान र व्यवस्थापिका -संसद्) समेतको निर्माण गरिसकेकाले वार्ताको औचित्य नरहेको बताएका छन् ।

मोर्चाको अर्काे समूह ज्वाला सिंहले विभिन्न नौ माग सरकारसमक्ष राखे पनि त्यसलाई सम्बोधन गरिएको छैन । मधेसवादी संगठनका मागप्रति सरकार अहिलेसम्म समवेदनहीन छ । मुलुकमा माओवादीको हिंसात्मक आन्दोलनमा त विराम लाग्यो, तर मधेसवादी हिंसात्मक आन्दोलन सल्किन थालेेको छ । यसलाई समयमै निभाउन सकिएन भने मुलुकभर डढेलो लाग्न बेर लाग्दैन ।साभार:कान्तिपुर अन्लाइन।

January 23, 2007

मलेसियामा सस्तो श्रम नेपालीको

Filed under: समाचार

देवेन्द्र भट्टराई

मलेसियामा कार्यरत एक दर्जन बढी मुलुकका श्रमिकमध्ये सबैभन्दा कम पारिश्रमिक पाउने नेपाली छन् । म्यानपावर र दलाललाई हजारौं रुपैयाँ तिरेर ‘राम्रो’ पैसा कमाउन तल्लो तहका श्रमिकमा आएका नेपालीले दैनिक साढे १८ रिंगिट -३७० रुपैयाँ) मात्र ज्याला पाइरहेका छन् । त्यसबाटै यहाँको सरकारलाई मासिक १ सय रिंगिट -२ हजार रुपैयाँ) लेबी तिर्नुपर्छ ।

दैनिक ज्यालादर वृद्धि गरी २१ रिंगिट पुर्‍याउन नेपाल सरकारले ५ महिनाअघि गरेको निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन । त्यसमा श्रम मन्त्रालयले तत्काल ‘पुनर्विचार गर्नुपर्ने’ भनेपछि लागू हुन नसकेको हो ।

‘श्रम र लागतको दाँजोमा नेपाली श्रमिकको आय अत्यन्त कम छ,’ क्वालालम्पुरस्थित कार्यवाहक राजदूत हरिकुमार श्रेष्ठ भन्छन् । मलेसियामा रहेका दुई लाख नेपालीमध्ये अधिकांश न्यून ज्याला पाउनेमा पर्छन् ।

‘नेपाल र म्यानमारले मात्रै यति सस्तोमा श्रम बेचिरहेका छन्,’ श्रेष्ठ भन्छन्- ‘त्यसमा पनि सरकारलाई बुझाउनुपर्ने मासिक लेबीले समस्यामा पारेको छ ।’ कम पारिश्रमिक त छँदै छ, सहमतिअनुसार तलब, सेवा सुविधा नपाएको गुनासो लिएर दूतावासमा दिनहुँ थुप्रै संख्यामा आउने गरेका छन् ।

 यहाँका १८ लाख विदेशी श्रमिकमध्ये इन्डोनेसियापछि बढी नेपाली छन् । सन् २००१ देखि नेपाललाई ‘स्रोत मुलुक’ बनाएपछि पाँच वर्षमा नेपाली दुई लाख पुगिसकेका छन् । ‘हाम्रो भौगोलिक दूरी, आवतजावतको हवाई खर्च र अरू लागत आधारमा ज्यालादर बढाउने निर्णय भएको हो,’ राजदूत श्रेष्ठले भने- ‘तर यो निर्णयबारे मलेसियाका सरोकारवाला निकायलाई जानकारी गराउन सकिएको छैन ।’ मलेसियाका १३ वटै राज्यमा नेपाली कामदार छन् ।

‘मासिक ४ सय ८१ रिंगिट दिने कागज भए पनि हामीले त्यति पाएका छैनौं,’ दूतावासमा गुनासो टिपाउन आएका कमलनारायण यादवले भने- ‘तर सुनुवाइ भइरहेको छैन ।’ उनीसँगै एकै दिन सेलांगोरबाट पूर्णबहादुर थिम, नीमबहादुर शाही, रिम गुरुङलगायतका कामदार दूतावास आइपुगेका थिए ।

‘तलब र सेवा सुविधा विस्तार हुनेभन्दा पनि भइरहेकै सहमति पनि कार्यान्वयन हुन सकेको छैन,’ श्रेष्ठ भन्छन्- ‘हामीले सकेसम्म सुनुवाइ गरेर समाधान गराइदिइरहेका छौं ।’साभार:कान्तिपुर अन्लाइन।

January 21, 2007

टँेलीले अंगीकृत नागरिकता दिने

Filed under: समाचार

सरकारले घुम्ती टोलीलाई अंगीकृत नागरिकता वितरणको अधिकारसमेत दिएको छ । गृहमन्त्री कृष्णप्रसाद सिटौलाले शनिबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी तर्राईका केही स्थानमा नागरिकता वितरणमा समस्या देखिएपछि टोलीलाई त्यस्तो अधिकार दिने कानुनी प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

‘समस्या आएपछि हामीले तर्राई मूलका नेताहरूस“ग छलफल गरेर घुम्ती टोलीलाई नै वैवाहिक अंगीकृत नागरिकता दिने अधिकार प्रत्यायोजनको व्यवस्था मिलाएका हौं,’ उनले मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा भने ।

यसअघि टोलीलाई अंगीकृत नागरिकता वितरण गर्ने अधिकार दिइएको थिएन । यसले गर्दा तर्राईका केही क्षेत्रमा तनाव भएको थियो भने नेपाली पुरुषस“ग बिहे गरेका विदेशी महिलाले नागरिकता दाबी गर्न गाह्रो भएको थियो ।

पुस्तौंदेखि तर्राईमा बसोबास गर्दै आएका तर अज्ञानताका कारण अघिल्लो पुस्ताले समेत नागरिकता नलिएका तथा कुनै किसिमको प्रमाणपत्रसमेत नरहेकाहरूका लागि सनाखतमा सहयोग गरिदिन सरकारले राजनीतिक दल र नागरिक समाजलाई अनुरोध गरेको छ ।

विशेष गरेर भूमिहीन गरिब दलितहरूका सर्न्दर्भमा गाविसले सिफारिस दिन र सनाखत गर्न समस्या परेको अवस्थामा सहयोगका लागि सरकारले अपिल गरेको हो । गाविसले सिफारिसका लागि बसोबास प्रमाण खोज्ने हु“दा भूमिहीन दलितहरू अप्ठ्यारोमा परेका छन् ।

‘यो राष्ट्रिय समस्याको समाधान अहिले पनि हुन सकेन भने फेरि हामी असफल हुनेछौं,’ सिटौलाले भने- ‘त्यसैले कोही पनि नागरिकता प्रमाणपत्र लिनबाट नछुट्न सबैलाई सहयोगको अपिल गर्छर्ुु’

त्यसमा गाविसका पदाधिकारी तथा राजनीतिक दलहरूको महत्त्वपर्ूण्ा सहयोग आवश्यक हुने उनले बताए ।

गृहले नागरिकता वितरणका लागि मुलुकभर ५ सय २० टोली खटाएको छ । प्रत्येक टोलीमा सात जनाका दरले कर्मचारी खटिएका छन् । माघ १ गते सुरु भएको नागरिकता वितरण फागुनभित्र सकिने अनुमान सरकारको छ । हिमाली क्षेत्रलाई भने चैत १५ गतेसम्म अतिरिक्त समय दिइएको छ ।

प्रतिनिधिसभाले मंसिर १० गते पारित गरेको नागरिकता ऐन, २०६३ अनुसार नया“ नागरिकता बा“ड्न लागिएको हो । नागरिकता अभियानका लागि सरकारले १३ करोड २७ लाख रुपैया“ छुट्याएको छ ।

टोलीलाई सुरुमा वंशज र जन्मका आधारमा मात्र नागरिकता वितरण गर्ने अधिकार दिइएको थियो । अंगीकृत नागरिकता वितरण गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई मात्र थियो ।

वंशजका आधारमा नागरिकता लि“दा बाबु वा आमामध्ये एक जनाको नागरिकता पेस गरी सनाखत गर्नुपर्ने हुन्छ । जन्मका आधारमा नागरिकता लि“दा ०४६ साल चैत मसान्तअघिदेखि बसोबास गरेको वा जन्मिएको प्रमाणपत्र पेस गर्नुपर्छ ।

तर भूमिहीन दलितहरू पुस्तौंदेखि सोही स्थानमा बसोबास गर्दै आए पनि उनीहरूस“ग प्रमाण नभएका कारण समस्या भएको हो । ‘यसका लागि तीन जनाले सनाखत गर्ने व्यवस्था गरिएको हो,’ गृहमन्त्रीले भने- ‘दल र नागरिक समाजलाई त्यस्ता व्यक्तिलाई सहयोग गरिदिन अनुरोध गर्छु ।’

संविधानसभा चुनाव जेठमा

गृहमन्त्री सिटौलाले निर्वाचन आयोगले माघ ९ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक कार्य सुरु गर्न लागेको उल्लेख गर्दै सहयोगका लागि सबै दल र नागरिक समाजलाई अनुरोध गरेका छन् ।

‘हामी सबै संविधानसभा चुनावमा केन्द्रित भइसकेका छौं, आगामी जेठभित्र चुनाव गराउने राष्ट्रिय संकल्प पूरा हुनर्ुपर्छ,’ उनले भने- ‘सही मतदाताको नाम संकलन हुन सकेन भने स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन नहुन सक्छ ।’ निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाउन सबै प्रहरीचौकी पुनःस्थापना र सशस्त्र प्रहरी परिचालन गरिने उनले बताए ।

फागुन १५ गतेसम्म सबै जिल्ला सदरमुकाम र निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी तैनाथ गरिसक्ने उनले बताए ।

गत वैशाख ११ सम्म ७ सय ४ वटामात्र प्रहरीचौकी रहेकामा हाल १ हजार ७९ प्रहरीचौकी थपिएको पनि उनले बताए । छिट्टै थप १ सय ९६ चौकी पुनःस्थापना गरिने जानकारी सिटौलाले दिए ।

निर्वाचनमा सेना परिचालन नहुने हु“दा सशस्त्र प्रहरीको परिचालन तथा अन्य वैकल्पिक सुरक्षा व्यवस्थासमेत गर्नुपर्नेछ । हाल ४७ हजार नेपाल प्रहरी छन् भने झन्डै २० हजारको संख्यामा सशस्त्र प्रहरी छन् । महानगर प्रहरीका लागि झन्डै २ हजार संख्या थप्ने तयारी भइरहेको छ ।साभार:कान्तिपुर अन्लाइन।

January 20, 2007

ँदण्डहीनताको लामो प्रचलन अन्त्य हुनुपर्छ’

Filed under: समाचार

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त लुइस आर्बरले ‘नेपालमा विद्यमान दण्डहीनताको लामो प्रचलन’ अन्त्य हुनुपर्ने बताएकी छन् । गम्भीर मानव अधिकार उल्लंघनमा दण्डहीनताको अन्त्य, बेपत्ता बनाइएका सबै मुद्दाको समाधान, मजबुत र निष्पक्ष फौजदारी अपराध नियन्त्रणको कानुनी व्यवस्था निर्माण गर्न आवश्यक छ,’ नेपालको छदिने भ्रमणनिम्ति शुक्रबार काठमाडौं आइपुगेकी आर्बरले विमानस्थलमा संवाददाताहरूस“ग भनिन् ।

झन्डै साढे दर्ुइ वर्षलामो उनको कार्यकालमा दोस्रोपटक नेपाल भ्रमणमा आएकी उनले भनिन्- ‘त्यसबाहेक महिला अधिकार सुनिश्चित गर्न संस्थागत संरचना बन्नुपर्ने तथ्यलाई म विशेष औंल्याउन चाहन्छु ।’ संविधानसभा प्रक्रिया, निर्वाचन र संविधान बनाउने प्रक्रियामा महिलाको उपस्थिति सुनिश्चित गरिनुपर्ने उनको जोड थियो । राजाले मुलुकको सम्पर्ूण्ा कार्यकारी अधिकार आफ्नो हातमा लिएको घटनालाई उनले ‘दुःखदायी’ भनिन् । आफ्नो अघिल्लो नेपाल भ्रमण सम्झ“दै उनले भनिन्- ‘मेरो भ्रमणको दर्ुइ दिनपछि नै यहा“ दुःखदायी घटना भयो । तर त्यसले नेपालको राजनीतिक परिदृश्यमा परिवर्तन ल्यायो ।’

राजाको शासनस“गै मानव अधिकार उल्लंघनमा तीव्र वृद्धि हु“दा जेनेभास्थित राष्ट्रसंघीय मानव अधिकार उच्चायोगले नेपालमा उच्चायुक्तका प्रतिनिधि राख्ने निर्ण्र्ाापारित गरेको थियो । ‘यहा“का जनता, राजनीतिक समूह र राज्य सबैले हामीलाई स्वागत गरे । हामीले प्रभावकारी काम गर्न सक्यौं,’ उनले भनिन् ।

विमानस्थलमा आर्बरलाई चिनाउ“दै उनकी नेपाल प्रतिनिधि लेना सुन्धले नेपालप्रति आर्बरको विशेष चासो र प्रतिबद्धता रहेको बताइन् । त्यसलाई पुष्टि गर्दै आर्बरले नेपालमा स्थापित उनको कार्यालयबारे ‘गौरव’ गरिन् । उनले भनिन्- ‘संसारभरमा मेरो व्यक्तिगत प्रयासमा खोलिएको यो एउटै मात्र कार्यालय हो । यसले दर्ुइ वर्षो अवधिमा प्राप्त गरेको उपलब्धिमा मलाई गौरव छ ।’

उनले नेपालमा भइरहेको मानव अधिकार संरक्ष्ँण क्रियाकलापलाई ‘असाधारण उपलब्धि’ संज्ञा दिइन् । त्यसो भए पनि संक्रमणकालीन नेपालसमक्ष मानव अधिकार संरक्ष्ँण र विधिको शासन स्थापन गर्न ठूलै चुनौती रहेको उनले औंल्याइन् ।

उनले शनिबार सा“झ नेपालगन्जमा बिताउने कार्यक्रम तय भएको छ । नेपालगन्जमा उनले सशस्त्र द्वन्द्वका बेला विस्थापितका परिवारलाई बन्द रूपमा भेट्ने छिन् । नेपालगन्जबाहेक आइतबारै बर्दिया र मंगलबार सिन्धुपाल्चोक जानेछिन् ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डलगायत विभिन्न राजनीतिक दल, मानव अधिकारबादी कार्यकर्ता, नागरिक समाजका सक्रिय व्यक्तिलाई भेट्ने औपचारिक कार्यक्रम बनाइएको छ । उनको कार्यालयद्वारा प्रेषित विज्ञप्तिमा औपचारिकबाहेक अन्य बैठकहरू पनि हुनेछन् । तिनको विषयवस्तु भने तत्काल र्सार्वजनिक नगरिने जनाइएको छ ।साभार:कान्तिपुर अन्लाइन।

उपत्यकाव्यूरो द्धारा विधायीकासदस्यहरुलाई अभिनन्दन

Filed under: समाचार

शान्ति अग्रगमन र संविधानसभाद्धारा मुलुकलाई राजनैतिक निकास दिई नया“ नेपाल निर्माणकालागि नेकपा-माअेावादी) द्धारा अन्तरीम व्यवस्थापिकामा प्रतिनिधित्व गर्ने विधायकहरुलाई नेकपा-माओवादी) उपत्यका विशेष व्यूरोले अभिनन्दन गरेको छ ।
उक्त अभिनन्दन कार्यक्रममा बोल्नु हु“दै नेकपा-माओवादी) का प्रवक्ता तथा संसदीय दलका नेता कृष्णबहादुर महराले "हामी दश वर्षो जनयूद्धको उपलब्धि र जनआन्दोलनको म्यान्डेटलाई पूरा गर्न अन्तरिम व्यवस्थापिकामा गएका हौ ।" उहा“ले आफुहरुले व्यवस्थापीकामा गएर सम्पर्ुण्ा जात जाति भाषा, भाषी, क्षेत्रिय, लैगिङ्ग आदी विभेद विरुद्ध आवाज उठाउने र कुनै पनि तत्वसंग सम्झौता नगरी अघि बढने बताउनुभयो । त्यस्तै उन्तरिम व्यवस्थापिकाका अर्का सदस्य जर्नादन शर्माले आफुहरु पूरानो संसद र व्यवस्थापिकाका सदस्य जस्तो राजदण्डलाई पूजा गरेर आएको नभइ आफुहरु त राजदण्डलाई भाचेर आएको बताउनु भयो । उहा“ले अन्तरिम व्यवस्थापिकाबाटै राजतन्त्रको ध्वस्त गर्नेछौ भन्नु भयो । कार्यक्रममा नवविधायिका जयपूरी र्घर्ति, स्वतन्त्र तथा नागरिक समाजबाट चयन भएका भिक्षु आनन्द लगायतका विधायकहरुले आफ्नो धारणा राख्नु भएको थियो ।साभार:कृष्णशेन अन्लाइन।

अबको नेपाल र यातायात

Filed under: बिबिध

दीपक श्रेष्ठ

बाक्लो जनसंख्या बीस वर्षअघिसम्म छिमेकी चीन र भारतका लागि उनीहरूको जनसंख्यालाई विकासको बाधक भनिन्थ्यो । त्यसैले त्यतिखेर परिवार नियोजनको व्यापक कार्यान्वयनमा ध्यान दिइयो । अहिले संसारमै ती दुवै देशको आर्थिक वृद्धिदर उच्च छ । दुवै मुलुकले औद्योगिक क्रान्तिमा फड्को मारे । उत्पादन क्षमता अत्यधिक रहेकाले उत्पादन लागतमा एकदमै कमी आउन थाल्यो । अन्तर्रर्ााट्रय बजारमा पनि प्रतिस्पर्धामा उत्रिन सके । आज संसारको कुन ठाउ“ नहोला, जहा“ चीनमा निर्मित सामान सुपथ मूल्यमा नपाइयोस् ।

तरुल होइन स्यान्डविच

पृथ्वीनारायण शाहको पालामा नेपाललाई दर्ुइ ढुंगाबीचको तरुलको रूपमा नकारात्मक वर्ण्र्ाागरेको पाइन्छ । अबको आर्थिक क्रान्तिको बेला हामीले यसलाई स्यान्डविचको रूपमा सकारात्मक रूपमा हर्ेर्ने दिन आएको छ । धेरै जनसंख्या रहेको अमेरिकाको आर्थिक बजार क्यानाडाको भन्दा धेरै गुणा बढी छ । क्यालिफोर्निया स्टेटको जनसंख्या र बजेट क्यानाडाभरिको भन्दा कम नहोला । जबकि अमेरिकाभन्दा क्यानाडा क्षेत्रगत हिसाबले ठूलो देशमात्र होइन, यो विश्वमै रसियापछिको दोस्रो ठूलो देश नै हो । क्यानाडाले आफ्नो आर्थिक वृद्धिदर कायम राख्न कुल जनसंख्याको १० प्रतिशत हरेक वर्षआप्रवासी भित्र्याउने गर्छ । यसबाटै बुझिन्छ, जनसंख्या वा जनशक्ति कति महत्त्वपर्ूण्ा कुरा रहेछ ।

छिमेकको फाइदा

विश्वको कुल जनसंख्याको १ तिहाइ हाम्रा छिमेकी मुलुक चीन र भारतमा बस्छन् । संसारका सबै विकसित मुलुकले ती दर्ुइ देशमा आ“खा गाडेका छन् । लगानी गर्न उद्योगधन्दा खोल्न, व्यापार व्यवसाय पर््रबर्द्धन गर्न त“छाड-मछाड गर्दैछन् । हामी नेपाली कति भाग्यमानी, हामी ती दुवैका बीचमा रहेका छांै । अब हामीले त्यसको फाइदा किन नलिने भन्ने बेला आएको छ ।

विकासको मेरुदण्ड

सबैलाई थाहा भएकै कुरा हो, जीवनकै मुख्य आधार भनेको यातायात, विद्युत् र सञ्चार हो । यी ३ चिजमा १ को कमी हुनु भनेको अपांगजस्तै हुनु हो । अर्थतन्त्रमा द्रुतगतिमा रहेका चीन र भारत दुवैको विकासको १ प्रतिशतमात्र भाग हाम्रोमा पार्नसके पनि हाम्रो सानो मुलुकलाई पर्याप्त हुनसक्छ । त्यसैले त्यसको पहिलो थालनी हामीले शरीरको अस्थिपञ्जरको रूपमा सडक सञ्जालबाट सुरुवात गर्न जरुरी छ । नेपाललाई भविष्यमा तर्राई-काठमाडांै जोड्ने र तर्राई क्षेत्रमा पर्ूव-पश्चिम रेल्वे लाइन -कालान्तरमा एसिया-युरोप जोडिने) मेरुदण्डको रूपमा निर्माण गर्न अत्यन्त जरुरी छ । वास्तवमा हामी अहिले मेरुदण्डविहीन छौं ।

अस्थिपञ्जरको खाका

विकासको अस्थिपञ्जरको रूपमा निम्न अनुसारको अन्य सडक सञ्जालको पनि उत्तिकै जरुरी छ ।

 पिर्ूव-पश्चिम राजमार्ग -तर्राई क्षेत्र) जुन हाल तयारी अवस्थामा रहेको छ ।

 पिर्ूव-पश्चिम राजमार्ग

-मध्यपहाडी क्ष्ँेत्र) जुन हाल काभ्रेदेखि काठमाडांै, कास्की ह“ंुदै म्याग्दीसम्म करिब-करिब तयारी अवस्थामा रहेकोे छ ।

 पिर्ूव-पश्चिम राजमार्ग -हिमाली क्षेत्र) जसको रेखांकन पनि भएको छैन र यसको सम्भाव्यता छ-छैन, अध्ययनको विषय छ ।

चीन र भारतलाई जोड्ने गरी हालका पा“चै विकास क्षेत्र भएर उत्तर-दक्ष्ँिण राजमार्ग निम्न अनुसारको आवश्यकता पर्ने देखिन्छ -

 धिनगढी, महेन्द्रनगर हं“ुदै दार्चुला, तिब्बत सिमानासम्म

 निेपालगन्ज, सर्ुर्खेत हु“दै जुम्ला, सिमिकोट, तिब्बत सिमानासम्म

 पिोखरा, बेनी, जोमसोम हु“दै तिब्बत सिमानासम्म -सिर्द्धार्थ राजमार्ग)

 विीरगन्ज वा जनकपुरबाट काठमाडांै हुु“दै तातोपानी, तिब्बत सिमानासम्म -अरनिको राजमार्ग)

 ििवराटनगर, धरान, धनकुटा हु“दै तिब्बत सिमाना

 भिmापा, इलाम, पा“चथर हु“दै तिब्बत सिमाना

अन्तर्रर्ााट्रय मापदण्ड कायम राख्न यी पर्ूव-पश्चिम र उत्तर-दक्षिण राजमार्गको नाम एउटै हुनु जरुरी छ । जस्तै ः बेलहिया, भैरहवाबाट पोखरा, बागलुङ, जोमसोम हु“दै तिब्बत सिमानासम्म राजमार्गको नाम सिर्द्धार्थ राजमार्ग हुनु उपयुक्त हुन्छ । बीचको खण्डलाई पोखरा बेनी, बेनी जोमसोम खण्ड जे नाम दिऊ“, तर भारतदेखि चीन छिचोल्ने एउटै राजमार्गको नाम सिर्द्धार्थ राख्नसके बेस ।

राजमार्ग छेउछाउका बस्ती

राजमार्ग भनेको तोकिएको डिजाइन गतिमा गाडी गुडाउन बनाएको हो । राजमार्ग बस्तीबाट टाढा हुनर्ुपर्छ यात राजमार्ग छेउछाउका बस्ती हटाउनर्ुपर्छ । बस्ती र सहरलाई लिंकरोडहरूबाट जोडिनर्ुपर्छ । राजमार्ग तर्राई र समथर भूभागमा प्रतिघन्टा ८० देखि १०० किमि र पहाडी भूभागमा ४० देखि ७० किमिसम्म गाडी हा“क्न मिल्ने खालको हुनर्ुपर्छ । मेची-महाकालीको १००० किमि दूरी १२ घन्टामा पार हुनसक्ने खालको राजमार्गको क्ष्ँमता हुनर्ुपर्छ । यसका लागि राजमार्गमा ४ लेन अर्थात् २ वटा गाडी जानसक्ने र २ वटा गाडी आउनसक्ने खालको चाहिन्छ । दर्ुइ राजमार्गको क्रसिङमा समेत आकासे पुलमार्फ दर्ुइ राजमार्गलाई छुट्याउने खालको हुनर्ुपर्छ ।

स्वतन्त्र व्यापार क्षेत्र

हवाईजहाज हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने हालको बाध्यताका कारण नेपालगन्जको सुनभन्दा सिमिकोटको नुन मह“गो छ । सरकारले सधैं ती उच्च हिमाली क्ष्ँेत्रका जनताको खाद्यान्न ढुवानीमा ठूलै धनराशि खर्चिनुपर्ने अवस्था अझ विद्यमान छ । सीप र जा“गरका धनी जुम्ली, हुम्ली, डोल्पाली पनि आफ्नै उत्पादन काम्ला राडीहरू नेपालका अन्य भाग, तिब्बत र भारतका विभिन्न भागमा बेच्न पनि उत्तिकै सिपालु छन् । भारतको माल चीनमा र चीनको माल भारतमा समेत बेचेर देशकै अर्थतन्त्र मजबुत बनाउन सक्ने कुरा उनीहरूलाई रामै्र थाहा छ । तर डोकोमा माल महिनौं दिन बोकेर कति साध्य होला - ती जुम्ली, हुम्ली, डोल्पालीसमेतलाई आफ्नो खुट्टामा उभिन सक्नेसमेत बनाउन नेपालले आफूलाई ती दर्ुइ छिमेकी मुलुकको करिडोर बनाउन सक्नर्ुपर्छ । दर्ुबई, हङकङ, सिंगापुरजस्तै न्यून वा शून्य भन्सार सुविधा भएको स्वतन्त्र व्यापार क्ष्ँेत्र अर्थात् प्रिm ट्रेड जोनको रूपमा विकास गर्न सक्नर्ुपर्छ ।

विमानस्थलको विस्तार

यात्रु सुरक्ष्ँाका लागिसमेत काठमाडौं बाहिर पोखरा, विराटनगर, भैरहवा, नेपालगन्जमा प्राथमिकताको आधारमा अन्तर्रर्ााट्रय वा क्षेत्रीय स्तरका विमानस्थलको तुरुन्त निर्माण थालनी गर्नुपर्ने जरुरी देखिन्छ । अन्तर्रर्ााट्रय उडानमा नेपाल आएका विमान प्राविधिक वा मौसम जेसुकै कारणले नेपालको काठमाडांैस्थित एकमात्र त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलमा उत्रन नसक्ने अवस्थामा नजिकको वैकल्पिक विमानस्थल ढाका या नया“दिल्ली र्फकनुपर्ने अवस्थाको अन्त्य हुनर्ुपर्छ । आकस्मिक ल्यान्डिङका लागि मुलुकभित्रै विकल्प चाहिन्छ । साथै नेपालको पर्यटनको विकास र दर्ुगम क्षेत्रका जनताको सुविधाको लागिसमेत आवश्यकता अनुसारको नया“ विमानस्थलहरूको निर्माण र पुरानोको नियमित मर्मत-सुधारको कुरामा पछि पर्न हु“दैन ।

पेट्रोलियम पदार्थको विकल्प

प्रकृतिले नेपाललाई पुरस्कारको रूपमा पर्याप्त मात्रामा हिमाल, पहाड, तर्राई र प्रशस्त पानी दिएको छ । यसको सदुपयोग भनेको विद्युत् उत्पादन हो । विद्युत् उत्पादन क्षमतामा विश्वमै चीन पहिलो, ब्राजिल दोस्रो र नेपालको तेस्रो स्थान पर्छ ।

बस-ट्रक लगायतका सवारी साधनमा प्रयोग हुने पेट्रोलियम पदार्थका लागि विदेशी मुद्रा खर्चिनुपर्ने आजको अवस्थामा पानीबाट उत्पादित विद्युत्बाट सञ्चालन हुने ट्रलीबस, ट्राम, विद्युतीय रेलको अधिकतम प्रयोग गर्नसके विदेशी मुद्रा बचत हुने कुरा त छ“दैछ, वातावरणीय प्रदूषणबाट पनि मुलुकलाई जोगाउन सकिन्छ । विशेषगरी नेपालको तर्राई क्ष्ँेत्रको सहर-बजार र काठमाडांै, पोखरा लगायतका उपत्यकामा तुरुन्त त्यस्ता विद्युतीय यातायातको सम्भावना रहेको कुरामा कसैको मन नबाझ्ला । साभार:कान्तिपुर अन्लाइन।

-लेखक, इन्जिनियर हुन् ।)

January 17, 2007

सभामुख र उपसभामुखमा नेम्वाङ र यादव कायमै

Filed under: समाचार


आठदलले अन्तरिम व्यवस्थापिकाको सभामुखमा सुवासचन्द्र नेम्वाङ र उपसभामुखमा चित्रलेखा यादवलाई नै यथावत राख्ने निर्ण्र्ाागरेका छन् । अन्तरिम सरकारमा माओवादीको तर्फाट उप-प्रधानमन्त्री नियुक्त गर्ने सहमति भएपछि यस्तो निर्ण्र्ााभएको समाचारस्रोतले जनाएका छन् ।

आठदलले अन्तरिम व्यवस्थापिकाको सभामुखमा सुवासचन्द्र नेम्वाङ र उपसभामुखमा चित्रलेखा यादवलाई नै यथावत राख्ने निर्ण्र्ाागरेका छन् । अन्तरिम सरकारमा माओवादीको तर्फाट उप-प्रधानमन्त्री नियुक्त गर्ने सहमति भएपछि यस्तो निर्ण्र्ााभएको समाचारस्रोतले जनाएका छन् ।

अन्तरिम व्यवस्थापिकाका सभामुख र उपसभामुख चयनका लागि बुधबार बिहान आठदलका नेताहरूको बैठक बसेको थियो । बैठकमा आठैदलका शर्ीष्ा नेताहरूको सहभागिता रहेको थियो । अन्तरिम संविधान जारी भएपछि सभामुखको बारेमा टुङ्गो लगाउन बैठक बसेको हो । बैठकमा अन्तरिम संविधानको बारेमा पनि छलफल भएको बुझिएको छ ।

स्रोतका अनुसार छलफलमा काङ्ग्रेस, काङ्ग्रेस -प्रजातान्त्रिक) र एमालेका नेताहरूले सभामुख र उपसभामुख पदमा तत्काल कुनै परिवर्तन आवश्यक नभएको बताएका थिए । माओवादीले भने सभामुख वा उपप्रधानमन्त्रीमध्ये एक पदमा दाबी नछोडेपछि छलफल केही समय स्थगित भएको थियो । पछि काङ्ग्रेस र एमाले माओवादीलाई उपप्रधानमन्त्री पद दिन सहमत भएपछि माओवादीले सभामुखमा दावी नगर्ने बताएको थियो ।

यसअघि अन्तरिम विधायिकाका सभामुखको टुङ्गो लगाउन बुधबार बिहान नेकपा एमालेको पनि बैठक बसेको थियो । बैठकले सभामुखको टुङ्गो सहमतिमै लगाउने निर्ण्र्ाागरेको थियो ।

यसअघि काङ्ग्रेस, एमाले, माओवादी र काङ्ग्रेस -प्रजातान्त्रिक) बीच नेम्वाङ र यादवलाई नै सभामुख र उपसभामुखमा यथावत राख्ने निर्ण्र्ाागरेका थिए । सोमबार बसेको चारदलका नेताहरूको बैठकले सो निर्ण्र्ाागरेको थियो ।

माओवादी बैठकले पनि सभामुख र उपप्रधानमन्त्रीमध्ये एक आफ्नो पार्टर्ीी पाउनुपर्ने अडान यथावत राख्ने निर्ण्र्ाागरेको एक नेताले बताएका छन् । माओवादीको जारी बैठकले संसदीय दलको उपनेता, प्रमुख सचेतक, सचेतकको टुङ्गो लगाउने बताइएको छ । त्यस्तै माओवादी विधायकहरूको आचारसंहिता पनि बनाइने माओवादी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

सभामुखको टुङ्गो नलागेका कारण अन्तरिम संविधान प्रमाणीकरण हुन बाँकी रहेको छ भने सर्वोच्च अदालतका न्यायाधीशहरूले शपथ लिने लगायतका काम पनि रोकिएका छन् ।साभार:स्वतन्त्र समाचार सेवा।

January 15, 2007

अन्तरिम संविधान र संसद् आज

Filed under: समाचार


राजेन्द्र फुयाल

 सत्तारूढ सात दल र माओवादीको सहमतिमा बनेको अन्तरिम संविधान र अन्तरिम संसदको घोषणा प्रतिनिधिसभाबाट सोमबार हुँदैछ । घोषणासम्बन्धी प्रस्ताव सरकारले आइतबार संसद्मा प्रस्तुत गरेको छ । प्रतिनिधिसभाकोे सोमबार बिहान बस्ने बैठकले अन्तरिम संविधानमा छलफलपछि घोषणा गर्नेछ । त्यसपछि बस्ने अन्तरिम व्यवस्थापिकाले संविधान अनुमोदन गर्नेछ । यससम्बन्धी कार्यक्रम सभामुखको अध्यक्षतामा आइतबार बसेको कार्यव्यवस्था समिति बैठकले तय गरेको छ । अन्तरिम संविधानमा संशोधन गर्न एमाले र सद्भावना -आनन्दीदेवी) का साथै व्यक्तिगत रूपमा अरू दलका सांंसदले समेत प्रस्ताव दर्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको प्रमुख चार दलका शीर्ष नेताहरूको बैठकले अन्तरिम संविधान जारी गर्ने सहमति र प्रक्रिया निर्धारण गर्‍यो । संसद्ले जारी गर्ने संविधानको अनुसूचीमा ३ सय ३० सदस्यीय अन्तरिम व्यवस्थापिकाका सदस्यहरूको नाम राखिनेछ । संसद्मा आइतबार प्रस्तुत संविधान मस्यौदाको अनुसूचीमा भने सांसदहरूको नाम छैन । कांग्रेस, कांग्रेस -प्रजातान्त्रिक) र सद्भावना -आनन्दीदेवी) का सदस्यहरूको नाम साँझ मात्र तयार भएकाले अनुसूचीमा उल्लेख गर्न नभ्याइएको हो ।

मन्त्रिपरिषदको सोमबार बिहान बस्ने बैठकले ३ सय ३० सदस्यको नाम अनुमोदन गरी संसद्मा पठाउनुका साथै अन्तरिम संविधानको अनुसूचीमा उल्लेख गर्नेछ । प्रतिनिधिसभाले ती सदस्यको नामावली बैठकमा प्रस्तुत गरी अन्तरिम संसदको समेत घोषणा गर्नेछ ।  प्रतिनिधिसभा कार्यव्यवस्था नियमावलीमा संविधान जारी गर्नेबारे व्यवस्था नभएकाले सभामुखको विशेष आदेशबाट औपचारिक प्रक्रिया निर्धारण गरिएको स्रोतले जनायो । समितिले संसदको दुई सत्रमा छलफल गरी सोमबारै संविधान जारी गर्ने कार्यक्रम तय गरेको छ ।

अन्तरिम संविधान र अन्तरिम संसद् घोषणा भएपछि जनआन्दोलन- २ को बलमा पुनःस्थापित प्रतिनिधिसभा र राष्ट्रियसभा सोमबारै विधिवत् विघटन हुनेछन् । अन्तरिम संसदको बैठकले सोही दिन संविधान अनुमोदन गर्नेछ । एमाले सचेतक महेन्द्रबहादुर पाण्डेका अनुसार संसदको दोस्रो सत्रमा संविधान मस्यौदामा सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावमाथि छलफल हुनेछ । बिहान ८ बजे बस्ने पहिलो सत्रले मस्यौदामाथि सैद्धान्तिक छलफल गर्नेछ । संशोधन प्रस्तावमाथि छलफल भए पनि आठ दलका शीर्ष नेताद्वारा हस्ताक्षरित प्रस्तावित मस्यौदा जस्ताको तस्तै जारी हुने लगभग निश्चित छ ।

अन्तरिम व्यवस्थापिकाको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्यले गर्नेछन् । कांग्रेस नेता बलबहादुर राई ज्येष्ठ सदस्य हुन् । शपथग्रहणपछि अन्तरिम संसद्ले अन्तरिम संविधान अनुमोदन गर्नेछ । अन्तरिम संविधान अनुमोदन भएपछि अन्तरिम व्यवस्थापिका नियमित कारबाहीमा प्रवेश गर्नेछ । अन्तरिम व्यवस्थापिकाले सोमबारै सभामुख र उपसभामुख चयन गर्ने सम्भावना छ । अन्तरिम संविधानमा सभामुख र उपसभामुख राजनीतिक सहमतिबाट चयन हुने उल्लेख छ ।साभार:कान्तिपुर अन्लाइन।

September 18, 2006

गजुरेल आज छुट्ने

Filed under: समाचार

भारतीय जेलमा रहेका माओवादी नेता सीपी गजुरेल ‘गौरव’ सोमबार छुट्ने भएका छन् । भारतीय गृह मन्त्रालयले गजुरेललाई छाड्न आइतबार निर्देशन दिएको हो ।

तत्कालीन पोलिटब्युरो सदस्य गजुरेल युरोप जाने क्रममा २०६० भदौ ३ गते चेन्नई विमानस्थलमा पक्राउ परेका थिए । नक्कली पासपोर्टको आरोपमा उनलाई पक्राउ गरिएको थियो । उनले जेलबाट पार्टीलाई टेलिफोन गरी  भारतीय सरकारबाट सोमबार छाड्ने आदेश भए पनि राज्य सरकारले थप झूटा मुद्दामा फसाउन सक्ने आशंका व्यक्त गरेका छन् । उनले भारतका अधिकारवादी, सरकार र न्यायप्रेमी जनतालाई सहयोग गर्न अपिल गरेका छन् ।

सिन्धुलीका ६३ वषर्ीय गजुरेल शिक्षण पेसाबाट ०३१ सालदेखि वामपन्थी राजनीतिमा संलग्न थिए । नेकपा -चौथो महाधिवेशन) मा निर्मल लामाको पक्ष्ाधर हुँदै २०५१ सालमा विभाजित एकताकेन्द्रबाट माओवादी पोलिटब्युरो सदस्य बन्न पुगेका थिए । उनी सिन्धुलीका पुराना वामपन्थी नेतामध्ये गनिन्छन् । माओवादीको प्रभावशाली र लामो समय भूमिगत रहेका नेता गजुरेललाई अन्तर्राष्ट्रिय क्रान्तिकारीहरूको संगठन -रिम) ले समेत रिहा गर्न अपिल गरेर अन्तर्राष्ट्रिय जनमत सिर्जना गरेको थियो । माओवादी जनयुद्ध सुरु भएदेखि गजुरेल प्रायः भारतीय भूमिमा रहँदै आएका थिए ।

०३६ सालको विद्यार्थी आन्दोलन र तत्कालीन एकताकेन्द्र गठनपछि केही समय खुला रहेका गजुरेल अहिलेसम्म भूमिगत जीवन बिताउँदै आएका छन् । उनको गिरफ्तारपछि माओवादीलाई अन्तर्राष्ट्रिय मामिलामा ठूलै धक्का पुगेको थियो ।

हाल महोत्तरीको खैरमारामा बसाइँ सरेका गजुरेल भारतीय जेलमा रहेका दोस्रो वरिष्ठ नेता हुन् । माओवादीका अर्का वैचारिक नेता मानिने मोहन वैद्य ‘किरण’ भारतीय जेलमै छन् ।

सरकार-माओवादी शान्तिवार्ता सुरु भएपछि भारतीय जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ता रिहा हुनुपर्ने माग माओवादीले गर्दै आएको छ ।

यसअघि माओवादीका अन्य केन्द्रीय सदस्यहरू र केही कार्यकर्ता रिहा भइसकेका छन् । अझै भारतीय जेलमा माओवादीका तीन दर्जनजति कार्यकर्ता छन् । साभार:कान्तिपुर अन्लाइन।

September 17, 2006

राजनीतिक निकास भए विश्व बैंकले ३० अर्ब सघाउने

Filed under: समाचार

विजय घिमिरे

 राजनीतिक निकास र आर्थिक स्थायित्व भए विश्व बैंकले आगामी दुई वर्षमा करिब ३० अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ । बैंकको दक्षिण एसिया विभाग उपाध्यक्ष प्रफुल पटेलले शनिबार कान्तिपुरसँग विशेष कुराकानीमा उक्त जानकारी दिएका हुन् । गरिबी निवारणका लागि नेपालले पनि अफिकी मुलुकसरह सहयोग पाउने पटेलले बताए । यो विगत दुई वर्षमा नेपालले प्राप्त गरेको सहयोगभन्दा झन्डै ५ अर्ब बढी छ ।

‘राजनीतिक र आर्थिक स्थितिमा सुधार भए नेपालले आउने दुई वर्षमा करिब ३० अर्बको सहयोग पाउनेछ,’ पटेलले भने- ‘छलफलबाट सहयोग अरू बढाउन सकिन्छ ।’ राजनीतिक निकास, द्वन्द्व समाधान, वित्तीय क्षेत्र र सेवाको गुणस्तर अभिवृद्धि लगायतमा नेपालले दोस्रो चरणको सुधार अघि बढाउनुपर्ने उनको सुझाव छ । ‘वित्तीय क्षेत्र सुधारका लागि नियतबस ऋण नतिर्नेलाई कडा कारबाही गर्नुपर्छ,’ उनले भने ।

सरकारले एकपछि अर्को ऐन कानुन ल्याए पनि कार्यान्वयन पक्ष फितलो भएको उनले बताए । ‘ऐन कानुन छन् तर कार्यान्वयन नहुँदा सरकारको विश्वनीयता गुमेको छ,’ उनले भने । तीन वर्षअघि नियतबस ऋण नतिर्नेको विषयमा भनेका कुरा एउटा पनि कार्यान्वयन नभएको उनको गुनासो थियो । ‘बिहान मसँग नेपालका अर्थसचिवले पुरानै कुरा दोहोर्‍याए,’ पटेलले भने । यस्ता ऋणीमाथिको कारबाहीबारे नेपाली प्रतिनिधिसँग पुनः राख्ने उनले जानकारी दिए ।

नीतिमाथि नीति ल्याएर नहुने बरु त्यसलाई कार्यान्वयन गर्नुपर्ने उनकोे सुझाव छ । ‘केही शक्तिशाली र पहुँच हुने ऋणीहरूले राजनीतिक तहमा प्रभाव पारेर ऐन कानुन कार्यान्वयन गर्न दिएका छैनन्,’ पटेलले भने । सरकारले बजेटमा नियतबस ऋण नतिर्नेको कर्जा व्यवस्थापनका लागि भदौ मस्ाान्तसम्म समय दिएको थियो ।

विद्यमान राजनीतिक अवस्था र निकासलाई पटेलले उत्सुकतापूर्वक हेरेको बताए । माओवादीले हतियार बिसाउनु र शान्तिपूर्ण राजनीतिक निकासको पहल सकारात्मक भएको उनले बताए । ‘हामी धेरै आशावादी छांै तर राजनीतिक निकासको प्रक्रिया रोकिने जोखिम पनि छ,’ उनले भने ।

अपि|mकी मुलुक विश्वमै सबैभन्दा पछाडि परेकाले बैंक अध्यक्ष पाउल विल्फेविजले पहिलो प्राथमिकतामा राखेको पटेलले बताए ।

‘नेपालसहित दक्षिण एसियाको मुख्य समस्या धनी र गरिबबीचको गहिरो असमानता हो तर धनीलाई होइन गरिबी हटाउने क्षेत्रमा सहयोगको प्राथमिकीकरण गरेर दिइनेछ,’ उनले भने ।

अर्थतन्त्रको उचित व्यवस्थापनका लागि नेपालको नेतृत्व वर्गले प्राथमिकता दिनुपर्ने उपाध्यक्ष भएपछि नेपालको पटक-पटक भ्रमण गरेका पटेलको सुझाव छ । समष्टिगत आर्थिक स्थायित्व कायम राख्ने सवालमा मुख्य जोड दिनुपर्ने उनको भनाइ थियो । तर केही क्षेत्रमा सुधारको गति सुस्त हुनु र पेट्रोलियम पदार्थमा ठूलो अनुदान सरकारले दिनु दुर्भाग्यपूर्ण भएको उनले बताए ।

‘हामी आउने दिनमा सुधार कसरी अघि बढ्छ यसलाई हेरिरहेका छौं,’ उनले भने- ‘अन्तर्राष्ट्रिय मुद्रा कोषको गरिबी निवारण सहुलियत कार्यक्रमले निरन्तरता पायो भने यो वर्ष नेपालले विश्व बैंकबाट बजेट सहयोग पनि पाउनेछ ।’

‘नयाँ सरकारले सुधारलाई गति दिएमात्रै छिमेकीसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा नेपाल पुग्छ,’ उनले भने- ‘मन्त्री राजनीतिक समस्याको निकासमा बढी व्यस्त हुनुपर्ने हुँदा कर्मचारीलाई आर्थिक सुधारको जिम्मेवारी दिएमा कार्य छिटो हुनेछ,’ उनले भने- ‘निर्णय गर्न मन्त्रीलाई नै पर्खनु नपरोस् ।’

अर्थमन्त्री, अर्थसचिव, राष्ट्र बैंकका गभर्नरलगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहको बैठकमा भाग लिन सिंगापुर आइपुगेका छन् । आयोजनास्थलमा दुई पक्षीय परामर्शहरू भइरहेका छन् । साभार:कान्तिपुर अन्लाइन।

September 13, 2006

नयाँ युद्धको षड्यन्त्र

Filed under: बिबिध

हरि रोका

झन्डै दुई दशकअघि कमर शाहले यो पंक्तिकारलाई सप्तरी-सिराहामा चलेको किसान आन्दोलनसम्बन्धी एउटा किस्सा सुनाएका थिए । २०१० तिर नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएपछि उनीहरू  अखिल नेपाल किसान संघका नाममा सदस्य संगठित गर्ने प्रयासमा थिए । ०१२ देखि मध्यपूर्वी तराईका थुप्रै जिल्लामा किसान आन्दोलन चर्को ढंगले उठिरहेको थियो । तमसुक फट्टा, जमिन्दारको जमिन खोसेर जग्गाविहीनलाई वितरण, भकारी फोडेर खेतिहीन किसानलाई अन्न बाँड्नेजस्ता काम  अभियानकै रूपमा चलेका थिए ।

प्रसंग सिरहाको हो । त्यसबेला सिरहा र सप्तरी एउटै जिल्ला थियो र सप्तरी नामले चिनिन्थ्यो । त्यहाँको लर्कना भन्ने एउटा प्रगन्नामा लीलाबहादुर लकान्द्री नामका कमरेडको नेतृत्वमा एउटा जमिन्दारको जग्गा खोेसेर वितरण गर्ने र भकारी फोडेर अन्नपात बाँड्ने काम भइरहेको थियो । कमरेड लकान्द्री कसका भागमा कति जग्गा/अन्नपात पर्‍यो भनेर हिसाबकिताब गरिरहेका थिए, निर्धक्कसँग । काम भइरहेकै बेला एउटा ट्रक हुँइकिएर जमिन्दारको घरअघि आएर अडियो । ५०/६० को संख्यामा हातहतियारसहित प्रहरी ओर्लिए । तिनले ठूलो स्वरमा के भइरहेको छ भनेर सोधे । लकान्द्री कमरेड अगाडि सरे र ठूलै स्वरमा त्यहाँ जे भइरहेको थियो फटाफट भने । प्रहरीको हाकिमले तिनलाई पक्राउ गर्‍यो । पक्राउ पर्दापर्दै उनले जनतालाई भने- ‘जनतन्त्र आइसकेको छ । यिनले मलाई केही गर्न सक्दैनन् । निर्धक्क भएर आ-आफ्नो सामान लिएर जानू र जग्गामा काम गर्नू ।’

कमरेडलाई गाडी चढाइयो । लाहान हुँदै राजविराज जेल पुर्‍याइयो । जेलमा उनी पहिले पनि गइसकेका थिए । यतिखेर उनलाई आश्चर्य लागिरहेको थियो । जेलअगाडि फलामको बडेमानको साङ्लो उही थियो । लामा-लामा जुँगा भएका पुलिस उही ढंगले उभिएका थिए । जेलको खोरबाट बाहिर हेरिरहेका नेता-कमरेडलाई देखेपछि उनको धैर्यको बाँध टुट्यो । उनी कर्कस स्वरमा रुन थाले । जेलका पुलिसले केही गरी पनि रुवाइको कारणबारे जान्न सकेनन् । पछि जेलभित्र अगुवा नेता उनलाई सम्झाउन बाहिर ल्याइयो । नेताले सोधे- ‘किन रुनुभयो कमरेड ?’ लकान्द्री कमरेडले भने- ‘जनवाद आइसक्यो भनेेको त, अझै जेल रहेछ । उस्तै साङ्लो, उस्तै पुलिस । सामन्त, चुसाहा, पिसाहा थुनिएका होलान् जेलमा भनेको त आफ्नै कमरेड पो रहेछन् ।’ बल्ल उनको रुवाइ बन्द भयो र विधिवत् उनी जेलभित्र पसे । त्यसपछि के भयो, सबैले अनुमान लगाउन सक्ने कुरा हो ।

जनआन्दोलन-२ पछि स्थापित सरकारले सय दिन नाघिसकेको छ । यसबीचमा सरकार र संसद्ले ठूला-ठूला घोषणा गरे । अन्तरिम संविधान बनिसकेको छ -?) । सरकारले राज्यको आम्दानी-खर्चको फेहरिस्त -बजेट) प्रस्तुत गरिसकेको छ । बडा-बडा आयोग खडा गरेर राजादेखि रंकसम्मका राज्यका पूर्वठेकेदारसँग बयान लिने काम भइरहेको छ । महिला अधिकार, दलित अधिकार, नागरिक अधिकारबारे ठूलठूला घोषणा भएका छन् र विद्रोही माओवादीसँग मध्य, उच्च र शिखर वार्ता गरिरहेको छ सरकारले । यसैबीचमा २५ बुँदे आचारसंहिता, आठबुँदे समझदारी घोषणा भइसकेका छन् । अझ ठूलो समझदारीका लागि शिखरवार्ता हुने भएको छ । सुन्दा चाखलाग्दा, आशलाग्दा, रहरलाग्दा घोषणा एकपछि अर्को गर्दै सरकार गरिरहेको छ । प्रधानमन्त्री तथा उनका मन्त्रीले यी कामलाई सरकारका ठूला उपलब्धिका रूपमा बयान गरिरहेछन् ।

यी यावत् घोषणा व्यवहारमा कति र कुन रूपमा लागू भइरहेछन् ? मूल प्रश्न यही हो । राजा नारायणहिटीमा विराजमान छन् । प्रक्रियाअन्तर्गत  बढुवा भएर रथी महारथी बन्न पुगेका छन् । निलम्बित गरिएका पूर्वसरकारका प्रमुख सचिवका लागि नयाँ तर समान पद खडा गरिएको छ । त्यस्तै तीन प्रहरी प्रमुखका लागि गृह मन्त्रालयमा सल्लाहकारको नयाँ पद खडा गरिएको छ । सबै कुरा उही । उस्तै छ । मान्छे बदलिएका छन् । प्यारजंगका ठाउँमा रुक्माङ्गद आएका छन् ।

आमजनतालाई लागेको थियो, परिस्थिति बदलियो । आन्दोलनमा दुई दर्जनभन्दा बढीले सहादत प्राप्त गरे । हजारौं घाइते भए । तिनकै बाहुबलमा भएको आन्दोलनबाट सत्तारूढ हुन पाएका सांसद् र मन्त्री  बदलिनेछन् । बहुसंख्यक जनताको हितमा तिनीहरूले सोच्नेछन् । पुराना फटाहा, जमिनदार र राज्यको ढुकुटी सखाप पार्नेहरूमाथि कानुनी कारबाही हुनेछ । राज्यको पुरानो आर्थिक-सामाजिक-राजनीतिक-सांस्कृतिक ढाँचा नयाँ ढंगले बदलिनेछ । आम नागरिकले बदलिएको ढाँचामा समावेश हुन पाउनेछन् ।

सरकार जनआंकाक्षाविपरीत बढिरहेको छ । राजालाई स्पेस, पुरानै सैन्य संरचना, कारबाही गरेर हटाइएकालाई पुनस्थ्ाापनामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र उनको मन्त्रिमण्डल अनन्त प्रयत्नमा व्यस्त देखिन्छ । यता संसद्मार्फत जनपि्रय घोषणा गर्ने र व्यवहारमा उही पुरानै ढाँचा वा संरचनालाई निरन्तरता दिने यो विरोधाभासले सरकार पुरानै प्रतिगमन दोहोर्‍याउने कसरतमा लागेको पुष्टि हुन्छ ।

सबैलाई थाहा छ, यो तत्कालको राजनीतिक मुद्दा मात्र होइन । यसका पछि स्वाभाविक रूपमा विचारधारा र वर्गीय संरचनागत स्वरूपले काम गरिरहेको छ । विगतमा झैं -०४६ सालपछि पनि) अहिलेको सरकार र शक्तिकेन्द्र विभिन्न रूप र तहमा प्रतिगमन दोहोर्‍याउन उद्यत छ । राज्यको प्राकृतिक स्रोत र साधनमाथि निश्चित वर्ग र तहका मानिसको राज एकाधिकार राख्ने । निणर्ायक राजनीतिमा निश्चित परिवार र व्यक्तिको मात्र वर्चस्व कायम राख्ने । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंकजस्ता अन्तर्राष्ट्रिय संस्थाले चाहेजस्तै आर्थिक उदारीकरणको नीति तथा कार्यक्रमलाई निरन्तर लागू गर्ने । जाति, भाषा, धर्म, संस्कृतिजस्ता विषयमा निरपेक्षता घोषणा गरे पनि व्यवहारमा लागू नगर्ने । क्रान्तिकारी भूमिसुधार गरेर, जग्गाविहीनलाई जग्गा उपलब्ध नगराउने वा सम्पत्तिको पूनर्वितरण कार्य रोक्ने । शक्ति, पहुँच र वर्चस्व भएकाहरूको राजलाई निरन्तरता दिने । समग्रमा भन्दा सामन्तवादी चिन्तन र व्यवहारलाई यथास्थितिमा राख्ने र समग्र समाजलाई अग्रगति प्रदान नगर्ने नै वर्तमान मन्त्रिमण्डलको कार्यशैली देखिएको छ ।

जसले यस्तो यथास्थितिवादतर्फ अघि बढिरहेको सरकारको आलोचना गरिरहेका छन्, उनीहरूमाथि नानाथरि आक्षेप लगाउन थालिएको छ । लोकतन्त्र र शान्तिका निम्ति नागरिक आन्दोलनका नेतालाई माओवादीका प्रवक्ताको आक्षेप लगाइँदै छ । माओवादी त माओवादी भइहाले । तिनको विरोध नगरे तिनको सत्ता जोगिँदैन । 

सबैलाई थाहा भएकै हो, कोइराला यसअघि पनि चार-चार पटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । उनको मन्त्रिमण्डलका अधिकांश सदस्य, एक-दुईलाई छाडेर, पहिल्यै मन्त्री भइसकेका हुन् । धेरैलाई शंका थियो, यी पुरानै बोतल हुन् र पुरानै रक्सी पनि । तथापि कतिपयलाई लागेको थियो, आन्दोलित मानिसको राप र तापले यी फेरिनेछन्, जनपक्षीय हुनेछन् ।  माओवादीलाई लोकतान्त्रिक बनाउन सघाउ पुर्‍याउनेछन् । आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपमा राज्यलाई परिवर्तन गरेर आम नागरिकलाई समावेशी बनाउनेछन् । ठीकविपरीत यिनीहरूले नयाँ द्वन्द्व खडा गरेका छन् । तीव्र दुईखाले ध्रुवीकरणतर्फ समाजलाई धकेलिरहेका छन् । अत्यन्त कठिन र अप्ठ्यारो वर्गसंघर्षतर्फ राज्यलाई होमिरहेछन् । सरकारका वर्तमान निर्णय र ओठेजवाफलाई हेर्दा लाग्छ, अब हुने शिखर वार्ताले नयाँ परिवर्तनतर्फ जाने सबै बाटा पूर्णतः बन्द गर्नेछ । सबै कुरालाई यथास्थितिमा राखेर माओवादीलाई आउन आह्वान गर्नु भनेको आफैंले आफैंलाई मट्टतिेल खन्याएर आत्मदाह गर भन्नु हो, जुन यथार्थ राजनीतिको अवमूल्यन गरिनु पनि हो ।

केही महिनादेखि माओवादी जनमिलिसिया र स्थानीय जनसरकारका ज्यादतिविरुद्ध आवश्यक मात्रामा आवाज नउठाएको प्रसंगलाई जोडतोडले उठाइँदै छ । लोकतन्त्रमा यस्ता प्रश्न उठाउन पाइन्छ र उठाउनुपर्छ । त्यस्तै तिनलाई हतियारविहीन हुन पनि कर गरिँदै छ । त्यसलाई अन्तरिम सरकारमा समावेश हुनका लागि अन्तिम विन्दु बनाइँदै छ । ठीक हो, कुनै पनि राष्ट्रमा दुईवटा सेना हुनुहुँदैन । दुईवटा राज्य हुनुहुँदैन । दुईवटा समानान्तर सरकारी निकाय हुनुहुँदैन । यस हिसाबले हेर्दा यी कुरा मनासिब छन् । तर सँगसँगै अरू प्रश्न पनि उठाउन सकिन्छ । जस्तो- राजनीति नि ? अर्को पक्षको अस्तित्व नि ? तिनले बोकेको आर्थिक, सामाजिक, सांस्कृतिक कार्यक्रम नि ? तिनले यदि जायज माग गरिरहेका छन् भने तिनका माग सम्बोधन गर्ने विषय नि ? तिनको के हुन्छ ?

उपप्रधानमन्त्री खड्गप्रसाद ओलीले सेनापतिको नियुक्तिबारे जवाफमा भनेछन्- ‘हामीले कहिल्यै माओवादीलाई सोधेका छौं, तिनका सेनामा कसलाई नियुक्ति गरे र कसलाई पदोन्नति गरे भनेर ?’ माओवादीको आफ्नै सत्ता छ, आफ्नै सिपाही छन्, तिनलाई यो ओठे जवाफ दिँदा केहीलाई तर्कसंगत नै लाग्ला ।  यस्ता ओठे जवाफले सामान्य सहमति गर्न सहयोग पुर्‍याउला ? अर्कोतर्फ जो माओवादी होइनन् तर आन्दोलनमा होमिए, जीउज्यान गुमाए, घाइते भए, जेजस्तो परिणाम भए पनि भिडे,  तिनीहरूलाई कस्तो लाग्ला ? गिरिजाप्रसाद र खड्गप्रसादलाई जनआन्दोलनका संहारकारीलाई पदोन्नति गर्न, नयाँ पद खडा गरेर पुनःस्थापना गर्न र जनआन्दोलनमा सरिक भएकाहरूको तेजोवध गर्ने अधिकार छ ? तिनले यो अधिकार कुन वैधानिकताका आधारमा पाएका हुन् ? यथास्थिति र प्रतिगमनका लागि मानिसले सहादत प्राप्त गरेका हुन् ? लडाइँ लडेका हुन् ? माओवादीलाई फेरि जंगल पठाउन झमेला झिकेर यथास्थितिलाई टिकाउन तिनलाई सत्तामा पुर्‍याएको हो ?

केही साम्राज्यवादी शक्ति र सत्तारूढ शासक  शान्तिवार्ता भंग गराउन चाहन्छन् । माओवादीलाई फेरि जबर्जस्ती हतियार उठाउन लगाउन चाहन्छन् । वर्तमान सुरक्षा निकाय र अन्तर्राष्ट्रिय शक्तिको आडमा माओवादीलाई नेपाली धर्तीबाट सधंैका लागि अन्त्य गराउन चाहन्छन् । यसको मतलव घनघोर युद्ध । कसले जित्छ ? २००१ देखि आजका मितिसम्मका घटनाक्रम हेर्दा थाहा हुन्छ कसले जित्छ भनेर । युद्धपिपासुहरू सत्तामा रहिरहने सपना देखेर हिजोका निरंकुशसँग त्यसै हात मिलाइरहेका छैनन् । स्वाभाविक छ, यस क्रियाकलापले तीव्र ध्रुवीकरण गराउँछ । दुई कित्ता बनाउँछ । लोकतान्त्रिक गणतन्त्र वा सेरेमोनियल उर्फ संवैधानिक उर्फ रचनात्मक राजतन्त्र । दुई खेमामा समाज बाँडिनेछ । यस्तै सरकारी रवैया रहिरहने हो भने युद्ध अवश्यम्भावी छ । तर सत्तारूढ सांसद् र मन्त्री महोदयले के बुझे हुन्छ भने आजका जनता, आजको नागरिक समाज र अझ भनौं आजका माओवादी ०१३ का कमरेड लीलाबहादुर लकान्द्रीजस्ता एकोहोरो हेर्दैनन् । तिनको चेतनाको गति कुनै चन्द्रमामा जाने रकेटको भन्दा कम छैन । त्यही भएर माओवादीको केन्द्रीय कमिटी बैठकले वार्ता नछाड्ने, जनदबाब दिइरहने र अन्त्यमा सहरकेन्दि्रत शान्तिपूर्ण जनउभारयुक्त आन्दोलन छेड्ने निर्णय गरेको छ । जो सर्वथा जनहित अनुकूल छ । साभार:कान्तिपुर अन्लाइन।

September 12, 2006

बाइरोडको बाटोमा

Filed under: बिबिध

गुणराज लुईंटेल

जनआन्दोलनबाट गठित सरकारले नियुक्त गरेका कारण रुक्माङगत कटवाललाई लोकतन्त्रको पहिलो प्रधानसेनापति बन्ने गौरव प्राप्त भएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट दज्र्यानी चिह्न पाएपछि उनले ‘विश्वासघात’ नगर्ने प्रतिबद्धतासमेत प्रकट गरेका छन् ।

रुक्माङगत निरंकुश सत्ताका मतियारका रूपमा परिचित छन् । उनी अजय पी नाथका नाममा लेख लेखेर लोकतन्त्र माग गरिरहेका राजनीतिक दललाई बदनाम गर्न सक्रिय भएका पनि हुन् । त्यसैले उनलाई त्यो पदमा नियुक्त गर्नुहुन्न भन्ने भावना अधिकारकर्मी समुदायबाट प्रकट भएको हो । तर सरकारले कसैलाई सुनेन ।

संक्रमणकालमा शान्तिसुरक्षा कायम गर्नु चुनौतीको मुद्दा हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र उपप्रमुखलाई कारबाही गरेपछि पनि सुरक्षा स्थिति सुदृढ हुन सकेन । प्रहरी र प्रशासनले सडकमा हुने सानातिना गतिविधिलाई समेत नियन्त्रण गर्न सकेको छैन । ‘यसैका लागि लोकतन्त्रका निम्ति हामीले लडेको हो ?’ भन्ने प्रश्न सर्वसाधारणले गरिरहेका छन् । सडकमा जसले पनि बबाल मच्चाउन सक्ने स्थिति चुस्त प्रहरी प्रशासन नभएका कारणले हो । लोकतन्त्रअनुशासनसहितको व्यवस्था हो । त्यसका लागि प्रहरी प्रशासनले आफूलाई चुस्त र दुरुस्त रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । सरकारले पनि तिनको नैतिक बल अभिवृद्धि गर्नुपर्छ ।

सरकारले रुक्माङगतलाई प्रधानसेनापतिमा नियुक्ति गर्नुभन्दा पनि तिनको अप्रजातान्त्रिक छविका निम्ति दण्डित गर्नुपथ्र्यो भन्ने माग थियो । सुरक्षाका अन्य निकायमा कारबाही गरे पनि सेनालाई भिन्नै व्यवहार गरियो । कुनै विकल्प नभएजस्तो गरेर सरकारले उनलाई नियुक्त गरेको छ । एक किसिमले सात दलको सरकारले नेपाली सेनालाई आफ्नो ठान्न थालेको छ । र यसले लोकतान्त्रिक छवि लिने विश्वास पनि तिनलाई छ । साथै सात दलको सरकारलाई सेनालाई आफ्नो गर्नुपर्ने अवस्थामा माओवादीले नै पुर्‍याएको टिप्पणीसमेत हुने गरेको छ । माओवादीले सहरमा आफ्ना गतिविधिलाई बढ्ता उत्तेजक नतुल्याएका भए सेनामा पनि कारबाही हुनसक्ने थियो ।

इतिहासको कठोर पाठ हाम्रा सामुमा छ । पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला सत्तामा गए । तर सेनाको लोकतन्त्रीकरणमा कुनै ध्यान नगएका कारण ०१७ सालमा राजा महेन्द्रले सेनाको सहयोगमा ‘कु देता’ गरे । ०४६ सालमा परिवर्तन भयो । तर जनआन्दोलनकारी नेताहरूले सेनाको लोकतन्त्रीकरण प्रक्रियामा ध्यान नदिएका कारण राजा ज्ञानेन्द्रले ०६१ मा सेनाकै बलमा ‘कु देता’ गरे । यस अर्थमा प्रत्येक पटक निरंकुशताका निम्ति प्रयोग भएको सेना फेरि पनि मौका पर्नासाथ निरंकुशताका पक्षधरले प्रयोग नगर्ने के ग्यारेन्टी छ ?

राजा ज्ञानेन्द्रको शासनलाई बलियो बनाउन लागिपरेका रुक्माङगत अहिले आफूलाई बढ्ता प्रजातन्त्रवादी देखाउने प्रयासमा हुनसक्छन् । वामशक्ति उनका निम्ति अवाञ्छित तत्त्व हुनसक्छन् । यिनका बोली, व्यवहार र प्रतिक्रियामा यस्तो झल्किन्छ । उनलाई त्यो पदमा पुर्‍याएको कोइरालाको कारणले मात्र होइन । प्रत्यक्ष/परोक्ष रूपमा सात दलको यसमा भूमिका छ । सेनामा लोकतन्त्रीकरण उनको प्रमुख जिम्मेवारी हो । गठबन्धन सरकारले मानवअधिकारवादी समुदायको वेवास्ता गरी उनलाई नियुक्त गर्नुको अर्थ सेनाको चेन अफ कमान्डम यथावत स्वीकार गर्नुमात्र होइन, सेनालाई सहज तरिकाले रूपान्तरण गर्ने

भन्ने हो ।

हो, प्रहरीका प्रमुखहरू सहवीर थापा र श्यामभक्त थापाजस्तै निलम्बन गरेको भए यिनी पनि सुरक्षा सल्लाहकारको रूपमा स्थापित हुने थिए । सरकारले सेनालाई असन्तुष्ट तुल्याइरहेको हुने थियो । कम्तीमा लोकतान्त्रिक शासन व्यवस्थामा हामीप्रति अन्याय हुँदैन भन्ने आश्वासन पाएको हुनाले पनि सेनाले तदनुकूल नै व्यावसायिक, राजनीति निरपेक्ष र लोकतान्त्रिक छवियुक्त बन्न आवश्यक छ । भोलि छानबिन आयोगले दोषी ठहर गर्नसक्यो भने कारबाही हुने कुरा आफ्ना ठाउँमा छ ।

वास्तवमा सेनाको छवि निरंकुश शासनमा भन्दा लोकतान्त्रिक शासनमै चम्किलो हुन्छ । हिजो राजाको सेना भनिएको ठाउँमा आज नेपाली सेना भन्ने अवस्था सिर्जना भएको छ । रहँदा-बस्दा सेनाले आफूलाई परिवर्तन गर्दै लग्यो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा यसको छवि झन् चम्किनेछ । रुक्माङगतले आफ्नो काँधमा चम्किरहेको लोकतन्त्रको फुलीको इज्जत कति राख्छन् ? त्यो हेर्न बाँकी छ । भन्न त उनले भनेका छन्- विश्वासघात हुने छैन । साभार:कान्तिपुर अन्लाइन।

September 11, 2006

मास हिस्टेरियाको कारण

Filed under: समाचार

प्रदीप मेयाङ्वो

कास्कीको लेखनाथस्थित लक्ष्मी माविमा विद्यार्थीहरू मूच्छिर्त भएको खबर आगोझैं फैलियो । डरलाग्दो सर्पदेखेपछि सबै मूच्छिर्त भए । नागबाबा ल्याएर उपचार गर्नुपर्‍यो । यो खबरले सबैलाई आश्चर्यमा पार्‍यो । यसलाई परम्परावादी सोचका व्यक्ति, तान्त्रिक, धामी, झाँक्रीले दैवीशक्तिको कारण भएको बताए । मनोचिकित्सकहरूले मास हिस्टेरिया अर्थात् सामूहिक उन्माद -हिस्टेरियालाई नेपालीमा उन्माद भनिएको छ । तर मास हिस्टेरियाको लागि ठ्याक्कै मिल्ने शब्द भेटिएको छैन । बुझाउनका लागि सामूहिक  उन्माद भनिएको हो ।) भनेका छन् ।

 एकजनाबाट सुरु भएर अरूमा सर्ने यो मानसिक उन्मादलाई अझै पनि अविकसित मुलुकमा रहस्य मानिन्छ । दैवीशक्तिको चमत्कार ठानिन्छ । यस्ता घटना कास्कीमा  मात्र होइन संसारमा थुप्रै घटेका छन् । मोरङको चिमडी गाविसस्थित चिमडी निमाविमा पनि गत साउनमा यस्तै भएको थियो । त्यसो त सन् २००१ को मे महिनामा दिल्लीमा अनौठोखाले बाँदरले दुःख दिएको घटना विश्वभर चर्चित रह्यो । यसलाई मनोचिकित्सक डा.एस. के. वर्मा र डा. श्रीवास्तवले पत्ता लगाए ।

सन् १९८३ को मार्च र अपि्रलमा जोर्डनको वेस्ट बैंकमा फैलिएको रहस्यमय कथित विषालु ग्यास - मिस्टेरियस ग्यास पोइजनिङ) को घटना पनि उत्तिकै चर्चित छ । त्यसलाई पनि अनुसन्धानपछि मनोचिकित्सक डा. अल्बर्ट हेफेजले मास हिस्टेरिया भएको पत्ता लगाए ।

  मास हिस्टेरिया बुझ्नुभन्दा पहिला हिस्टेरियालाई बुझ्न आवश्यक छ । हिस्टेरिया शब्दको व्युत्पत्ति युनानी शब्द हिस्टेरिकोसबाट भएको हो । हिस्टेरियाबारे दार्शनिक हिप्पोक्रेट्स

-इ.पू. ४६०-३७७) ले समेत व्याख्या गरेका थिए । त्यस बेलाको धारणा अनुसार यो रोग महिलालाई शारीरिक कारणले हुन्छ भन्ने थियो । हिप्पोक्रेट्सको यो धारणाले झन्डै दुई हजार वर्षसम्म अर्थात् सिग्मन्ड प|mायडले सन् १८८६ मा हिस्टेरिया पीडित पुरुषबारे नयाँ तथ्य फेला नपारुन्जेल एकछत्र राज जमायो । कतिपयले हिस्टेरियालाई यौनकुण्ठाको उपज भनेर पनि अफवाह फैलाउने गरेका छन् ।

मनोचिकित्सकीय भाषामा उन्मादजन्य मनस्ताप भनिने हिस्टेरियालाई महिलाको यौन पक्षसँग मात्र जोडिनमा थुप्रै कारण हुन सक्छन् । खासगरी यो  किशोरीहरूमा बढी पाइएकाले यस्तो सोचिएको हो । एउटालाई भएको उन्मादको प्रभाव वरिपरिकामा पर्न थालेपछि त्यसलाई मास हिस्टेरिया भनिन थालियोे । तर कसरी एकैपटक सबैलाई उन्मादले आक्रमण गर्छ त ? मनोविश्लेषण नगरी सोच्ने हो भने यस्तो घटना दैवी चमत्कार झैं लाग्छ । अशिक्षा र चेतनाको कमीले  केही यस्ता घटनालाई  मानसिक कारण मान्न तयार हुँदैनन् ।

मास हिस्टेरियासम्बन्धी मोरङस्थित चिमडीको घटनालाई मनोवैज्ञानिक अनुसन्धान गरेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका असिस्टेन्ट प्रोफेसर डा.रवि शाक्य सरल भाषामा भन्छन्,  ‘यो एउटा मानसिक रोग हो, जसलाई डिस्सोसिएटिभ डिस्अडर भनिन्छ ।’ हिस्टेरियाको नयाँ अनुसन्धान अनुसार जब व्यक्तिको दिमागी चेतना, होस, स्मरणशक्ति, निजी पहिचान, महसुस गर्ने क्षमता आदि विभाजित हुन्छ र टुक्रिन्छ त्यसपछि अनौठो व्यवहार देखाउँछ । आफूलाई चिन्दैन, बिर्सन्छ र याद हराउँछ । मानसिक र शारीरिक रूपले मूच्र्छा पर्छ । होस खुलेपछि के भएको थियो भनेर उसलाई थाहा हुँदैन ।

 एकजनालाई भएको हिस्टेरिया कसरी अरूलाई पनि उतिनै बेला भयो ?  यो प्रश्नको उत्तर पनि सजिलै छ । चिमडीको घटनालाई अघि सार्दै डा. शाक्य भन्छन्, ‘१३ देखि १६ उमेरका २५ किशोरीलाई हिस्टेरिया हुँदा सुरु एकजना किशोरीबाट भएको पाइयो । स्कुल नजिकको पोखरीमा केही समयपहिले एक युवक डुबेर मरेका थिए । त्यसबाट मानसिक रूपले उनीहरू त्रस्त थिए । एक किशोरीलाई हिस्टेरिया भएपछि अरूमा  त्यो सर्न थाल्यो । उनको अनुसन्धानअनुसार उक्त घटनामा  हिस्टेरियाको पहिलो सिकार हुने किशोरी अरू किशोरीको दाँजोमा केही बढी विशेषतायुक्त थिइन् । आफ्नो प्रभावशाली साथीले अनौठो व्यवहार देखाएपछि पोखरीमा डुबेर मर्ने युवकको प्रेतले दुःख दिएको भन्ने मानसिक भ्रमले सबैलाई छोप्यो र अरू पनि मास हिस्टेरियाको सिकार भए ।

सुरुमा हिस्टेरिया हुने व्यक्तिलाई मनोचिकित्सकहरूले इन्डेक्स केस  अर्थात् घटनाको सूचक बताउँछन् । घटनाको सूचकलाई अरू कारणले हिस्टेरिया भए पनि ऊ पछि अरूलाई भने उसको प्रभावले हिस्टेरिया हुने गर्छ । त्यो मास हिस्टेरिया हुन पुग्छ ।

किशोर किशोरीमा मास हिस्टेरिया हुनुको कारणबारे थप तर्क यस्तो छ- परिपक्व रूपमा व्यक्तित्व विकास नभएको तर शारीरिक र मानसिक विकास भइरहेको कारण उनीहरूमा यस्तो हुन्छ । मास हिस्टेरियाको घटना प्रकृति वा लक्षण एउटै भए पनि देशकाल, परिस्थिति, सामाजिक, पारिवारिक, धार्मिक, सांस्कृतिक वातावरण, विश्वास, मूल्य मान्यताको आधारमा फरकफरक  हुने गर्छ ।

विकसित मुलुकमा त्यहीँको परम्परा, प्रविधि, मान्यता र विश्वासको आधारमा मास हिस्टेरिया हुने गर्छ । जस्तै २० औं शताब्दीको प्रारम्भमा इङ्गल्यान्डमा विष मिसाएको पानी सेवन गरियो भनेर एकजनाले बान्ता गर्दा उसको प्रभावमा परी साराले बान्ता गरे । यो घटना आधुनिक समाजको पहिलो मास हिस्टेरिया थियो । यसर्थ मास हिस्टेरिया दैवीशक्तिको कारण नभई मानसिक कारणले हुन पुग्छ ।

इजरायलका मनोचिकित्सक अल्बर्ट हेफेजले सन् १९८५ मा अमेरिकन साइकियाटि्रक एसोसिएसनको जर्नलमा मास हिस्टेरिया र पे्रसको भूमिका विषयक एक अनुसन्धानात्मक लेख प्रकाशित गरेका छन् । उनले जोर्डनको वेस्ट बैंकमा भएको रहस्यमय विषालु ग्यास घटनामा ९ सय मानिसमा मास हिस्टेरिया भएको उल्लेख गरेका छन् । मास हिस्टेरियाको इतिहासमा निकै चर्चित मानिएको उक्त घटनालाई सञ्चार माध्यमले मनोवैज्ञानिक अनुसन्धान नगरी व्यापक प्रचार गरेको तथ्य अघि सारेका छन् ।

जोर्डनस्थित डिजेनिन अस्पतालमा गरेको शोधअनुसार वेस्ट बैंकस्थित एक विद्यालयका किशोरीहरूबाट यो घटना सुरु भएको थियो । एउटा स्कुलबाट सुरु भएर अरू स्कुलमा सरेको थियो । कथित विषालु ग्यासले डिजेनिन स्थित एक विद्यालयका छात्राहरूलाई अन्धा बनाएको त्यहाँको स्थानीय पत्रिकाले लेख्यो । वास्तवमा त्यो घटनामा कुनै विषालु ग्यास छरिएको थिएन । इजरायल अरबबीचको राजनीतिक द्वन्द्वबाट उत्पन्न शंका उपशंकाले कथित ग्यास फैलाइएको थियो जसले गर्दा मास हिस्टेरिया भयोे ।   केही वर्षअघिको एन्थ्रेक्स जीवाणु काण्डलाई पनि कतिपयले मास हिस्टेरिया मानेका छन् । आधुनिक समाजमा मास हिस्टेरिया धार्मिक अन्धविश्वास, भूतप्रेतको कारणले भन्दा पनि नयाँ प्रविधि आणविक हतियार, रासायनिक तत्व, परमाणु आदिको नाममा हुने मनोचिकित्सकहरू बताउँछन् ।

  मास हिस्टेरिया भएको व्यक्तिलाई खासै औषधी दिनुपर्दैन । यसको प्रभाव छोटो अवधिसम्म मात्र रहन्छ । त्यस्तो घटना भएका गाउँमा मनोचिकित्सकहरू तत्काल पुगेर घटनाको कारण पत्ता लगाई मनोविश्लेषण विधि अपनाएर उपचार गर्न सकिन्छ । चार वर्षअघि धरानको फुस्रेस्थित सर्दु खोलाबीचको ढुङ्गामा २०५८ जेठ १९ मा दिवंगत राज परिवारको तस्बिर, श्रीपेच र जुन-घाम देखियो भनेर हल्ला फैलियो । त्यसको भोलिपल्ट राति एक सय मिटर टाढाबाट गाउँलेले ढुङ्गामा उज्यालो वस्तु बलिरहेको देखेको बताए । त्यसपछि सुरु भयो अधबंैँसे महिलाहरूको पूजाअर्चना गर्ने काम । कोही बहुलाही झंै काम्दै आए, कोही बर्बराउँदै  आए । जो जो हिस्टेरिया भएर आएका थिए उनीहरूले साक्षात राजपरिवारको प्रतिबिम्ब त्यहाँ देखे, हिस्टेरिया नहुनेले केही देखेनन् ढुङ्गाबाहेक । केही सातापछि त्यो आफै साम्य भयो । त्यो घटनालाई पनि प्रतिष्ठानका मनोचिकित्सक प्रोफेसर डा.प्रमोद श्याङवाले मास हिस्टेरिया भएको बताउँदा खोलाको ढुङ्गालाई दिवंगत राजपरिवारको प्रतिबिम्ब सम्झेर पूजा गर्ने महिलाहरू आक्रोशित भएका थिए । साभार:कान्तिपुर अन्लाइन।

September 10, 2006

होटल बुकिङ ५ वर्षकै उच्च

Filed under: समाचार

सञ्जय न्यौपाने

 युद्धविराम र शान्ति प्रक्रिया थालनीपछि पर्यटन उद्योगमा सकारात्मक प्रभाव देखिएको छ । आउँदो शरदयामका लागि होटलहरूको बुकिङ पाँच वर्षयताकै सबैभन्दा उच्च भएको छ । नेपाल आउने विमानहरूको समेत आउँदो तीन महिनाका अधिकांश टिकट बुकिङ भइसकेका छन् । ‘अक्टोबरबाट सुरु हुने पर्यटकीय मौसमका लागि होटलको बुकिङ करिब ८५ प्रतिशत छ,’ होटल संघ नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले भने- ‘पाँच वर्षयता यो उच्च हो, बुकिङक्रम बढ्दो छ ।’

शरदयाममा नेपाल आउने विमान कम्पनीका अधिकांश टिकट बिक्री भइसकेका छन् । विशेषगरी युरोपबाट आउने पर्यटकले टिकट पाउन सक्ने अवस्था छैन । युरोपका विभिन्न सहरबाट काठमाडौं उडान गर्ने कतार, गल्फ र ठूलो सञ्जाल भएको थाई एयरवेजले अक्टोबरदेखि तीन महिनाका लागि अधिकांश टिकट बुक भएको जनाएका छन् । कतार र थाईले थप उडानका लागि सरकारसँग अनुमति मागिरहेका छन् ।  

‘बुकिङ दर अत्यन्त उत्साहजनक छ,’ हायात होटलका मार्केटिङ डाइरेक्टर प्रसन अधिकारीले भने- ‘अक्टोबर र नोभेम्बरका लागि औसतमा ८५ प्रतिशत कोठा बुक भइसकेका छन् ।’ यो पर्यटकीय मौसमअन्तर्गत झन्डै आधा समयका लागि सबै कोठा बुक भइसकेको उनले बताए । ‘चाखलाग्दो ढंगले अझै बुकिङ बढ्ने क्रम छ,’ उनले भने । वास्तविक बुकिङ संख्या भने मौसम सुरु हुनु १५/२० दिनअघि निक्र्योल हुन्छ । ‘हामी त्यो दिनको प्रतीक्ष्ाामा छौं,’ उनले भने ।

मजदुर र व्यवस्थापनबीचको विवादले करिब सात महिना बन्द भएर हालै मात्र खुलेको याक एन्ड यती होटलको बुकिङ पनि उत्तिकै उत्साहजनक छ । ‘बुकिङको अवस्था यस्तै रहने हो भने सबै कोठा भरिने छन्,’ होटलका प्रवक्ता सुरेन्द्र ठकुरीले भने- ‘अरू होटलमा पनि कोठा पाउन गाह्रो छ ।’  

ठूला होटलमात्र होइन प्रमुख मौसमका लागि ठमेलका सस्ता र साना होटल पनि ८० प्रतिशतसम्म कोठा भरिने आशामा व्यवसायी छन् । साना होटलमा भने पर्यटक सीधै आउँछन् । ‘ठमेलका ठूला होटलको ७० देखि ८० प्रतिशत कोठा पाहुनाले ओगटिसकेका छन्,’ ठमेल पर्यटन बोर्डका अध्यक्ष नाम्ग्याल लामाले भने- ‘होटल बेचेर व्यवसायबाटै पलायन हुन खोजेकाहरू लामो समयपछि आशावादी भएका छन् ।’ ठमेलमा मात्र होटल र गेस्ट हाउस गरी १ सय ४२ छन् र यिनमा करिब ५ हजार कोठा छन् । यही दरले पर्यटक आए आतिथ्य सत्कार उद्योगका लागि सबैभन्दा राम्रो समय हुने आशामा व्यवसायी पुगेका छन् । सन् १९९९ मा सबैभन्दा बढी ५ लाख पर्यटक आएका थिए । यो उत्साहको प्रतिविम्ब राजधानी बाहिरका होटल र पद यात्रा कम्पनीमा पनि

देखिन्छ । ‘सबै क्षेत्रको बुकिङबाट यो मौसममा पदयात्रा व्यवसायीले पनि राम्रो व्यापार पाउने अवस्था छ,’ ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल -टान) का अध्यक्ष नरेन्द्र बीसीले भने । नेपाल आउनेमध्ये करिब २५ प्रतिशत पर्यटक पदयात्रामा जान्छन् । द्वन्द्वका कारण पर्यटक कम आउने र आएकामा पनि निकै कम मात्र राजधानी बाहिर जाने गरेका छन् । करिब १ खर्ब ५० अर्ब रुपैयाँ लगानी भएको होटल उद्योगले रोजगारी र वैदेशिक मुद्रा आर्जनमा समेत उल्लेख्य योगदान पुर्‍याउँदै आएको छ । ‘अहिले दखिएको यो उत्साहबाट कसरी लाभ लिने भन्ने नै महत्त्वपूर्ण हो,’ गोदावरी रिसोर्टका प्रबन्ध निर्देशक श्रीधर आचार्यले भने- ‘औद्योगिक सुसम्बन्ध र व्यावसायिक वातावरण सुधार्न सके अझ सकारात्मक सन्देश जाने थियो ।’ लामाले यस्तो उत्साहबीच पनि माओवादी कार्यकर्ताले होटलमा गएर जबर्जस्ती युनियन बनाउन दबाब दिएको र चन्दा मागिरहेकाले पूरै ध्यान व्यवसायमा लगाउन नपाएको दुखेसो पोखे ।  

‘नेपालमा शान्ति छैन भनेर गन्तव्यको सूचीबाट हटाएका विदेशस्थित टुर अपरेटरले फेरि समावेश गरिरहेका छन्,’ श्रेष्ठले भने । पर्यटक नभएपछि होटलबीच चलेको तीव्र मूल्ययुद्धका कारण घटेको कोठा भाडा बढाउन पनि बुकिङ सहयोगी भएको छ । यो प्रतिस्पर्धाले पाँचतारे होटलमा कोठाको भाडा १ सय डलरबाट घटेर ४० अमेरिकी डलर -३ हजार रुपैयाँ) सम्म पुगेको थियो । ‘पहिल्यै सम्झौता गरिसकेका पार्टीहरूसँग भाडा बढाएका छैनौं,’ अधिकारीले भने- ‘नयाँलाई भने बढाउन थालेका छौं ।’

  • पाँचतारे होटल कोठा

     सोल्टी  २८३

     याक एन्ड यती  २७०

     एभरेस्ट  १६०

     हायात  २९०

     रेडिसन  १६०

     सांगि्रला  १००

     अन्नपूर्ण  १४९

  • चारतारे होटल १२ वटा
  • दर्ता  होटल संख्या २ सय ५५ 
  • दर्ता नभएका करिब एक हजार
  • सबैमा गरी कोठा संख्या करिब २५ हजार,साभार:कान्तिपुर अन्लाइन।

September 8, 2006

घरमै छात्राहरू मूच्छिर्त

Filed under: समाचार

‘म यहाँ बस्दिनँ, स्कुलभित्रको शिव मन्दिर नजिकै मेरो घर छ, चाँडै त्यहीँ लगिदेऊ’ भन्दै सुकमाया मगर थरथर कामे पछि घरपरिवारमा रुवाबासी चल्यो । एक छिनअघि सँगै हाँसखेल गरेकी छोरीलाई के भयो ? परिवारजनले चिन्तित हुँदै ईश्वर पुकारे तर सुकमायाको रुवाइ शान्त भएन । स्कुलमा लगे ठीक हुने विश्वाससाथ एम्बुलेन्स डाकेर उनलाई त्यतै लगे । विद्यालय हाताभित्रको शिव मन्दिरअगाडि चौरमा अन्य छात्रा पनि चिच्याउँदै मडारिइरहेका थिए ।

स्थानीय लक्ष्मी माविमा विद्यार्थी मूच्छिर्त हुने क्रम तीन दिनदेखि रोकिएको छैन । मंगलबार र बुधबार ४६ विद्यार्थी अचेत भएपछि स्थिति साम्य हुने आसमा आइतबारसम्म स्कुल बन्द गरिएको थियो । घरमै बस्दा पनि बिहीबार ३० छात्रा मूच्छिर्त भए । बेहोस अवस्थामा विद्यालय लगिदेऊ भन्दै चिच्याउन थालेपछि उनीहरूलाई बोकेर र एम्बुलेन्समा हालेर ल्याइएको थियो । घरमा बस्दा पनि बालबालिकाको अवस्था नसुध्रेपछि अभिभावकहरू झनै त्रस्त भएका छन् ।

चिकित्सकहरूले यसलाई ‘मास हिस्टेरिया’ भने पनि स्थानीयवासी, अभिभावक, शिक्षक र तान्त्रिक सहमत छैनन् । साताअघि स्कुलमा सर्प मारेदेखि विद्यार्थी मूच्छिर्त हुनुलाई उनीहरूले दैवी शक्तिको कारण मानेका छन् ।  ‘हिस्टेरियाले मात्र यस्तो हुनै सक्दैन, यो सब दैवी शक्तिका कारण भइरहेको छ,’ सहप्रधानाध्यापक ऋषिकेश बरालले भने- ‘डाक्टरले घरमा राखे आराम हुन्छ भनेका थिए, घरमै पनि विद्यार्थीलाई एकैचोटि यस्तो भयो ।’

घटनालाई दैवी शक्तिका रूपमा प्रचार गरिएकाले मूच्छिर्त विद्यार्थी हेर्न विद्यालय आउनेको भीड अपराह्नसम्मै थियो । नाग बाबा बोलाएर पूजापाठ गरे शान्त हुने बताइएपछि शिक्षक अभिभावकले पोखराको रामबजार र छोरेपाटनबाट नागबाबा ल्याएका थिए ।

‘मास हिस्टेरिया’

 मनोचिकित्सकहरूले कास्कीको लक्ष्मी माविका विद्यार्थीमा देखिएको अनौठो व्यवहार ‘मास हिस्टेरिया’ रहेको बताएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ एवं वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. निराकारमान श्रेष्ठले विद्यार्थी एक्कासि अचेत हुनुको मुख्य कारण मानसिक समस्या रहेको बताए ।

 मनोचिकित्सकहरूले कास्कीको लक्ष्मी माविका विद्यार्थीमा देखिएको अनौठो व्यवहार ‘मास हिस्टेरिया’ रहेको बताएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ एवं वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. निराकारमान श्रेष्ठले विद्यार्थी एक्कासि अचेत हुनुको मुख्य कारण मानसिक समस्या रहेको बताए ।

हिस्टेरिया एकैपटक समूहमा देखिएपछि यसलाई मास हिस्टेरिया भनिन्छ । यसमा छोप्ने, बेहोस हुने, लामोलामो सास फेर्ने, बोली बन्द हुने, चिच्याउने, देउता चढेझैं काम्ने लक्षण देखिन्छ । 

‘सबै उमेर समूह र लिंगमा देखिने भए पनि बालिकामा बढी देखिन्छ,’ नेपाल मेडिकल कलेज जोरपाटीका मनोचिकित्सा विभागका प्रा. डा. ध्रुवमान श्रेष्ठले भने । साभार:कान्तिपुर अन्लाइन।






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft