बाक्लो जनसंख्या बीस वर्षअघिसम्म छिमेकी चीन र भारतका लागि उनीहरूको जनसंख्यालाई विकासको बाधक भनिन्थ्यो । त्यसैले त्यतिखेर परिवार नियोजनको व्यापक कार्यान्वयनमा ध्यान दिइयो । अहिले संसारमै ती दुवै देशको आर्थिक वृद्धिदर उच्च छ । दुवै मुलुकले औद्योगिक क्रान्तिमा फड्को मारे । उत्पादन क्षमता अत्यधिक रहेकाले उत्पादन लागतमा एकदमै कमी आउन थाल्यो । अन्तर्रर्ााट्रय बजारमा पनि प्रतिस्पर्धामा उत्रिन सके । आज संसारको कुन ठाउ“ नहोला, जहा“ चीनमा निर्मित सामान सुपथ मूल्यमा नपाइयोस् ।
तरुल होइन स्यान्डविच
पृथ्वीनारायण शाहको पालामा नेपाललाई दर्ुइ ढुंगाबीचको तरुलको रूपमा नकारात्मक वर्ण्र्ाागरेको पाइन्छ । अबको आर्थिक क्रान्तिको बेला हामीले यसलाई स्यान्डविचको रूपमा सकारात्मक रूपमा हर्ेर्ने दिन आएको छ । धेरै जनसंख्या रहेको अमेरिकाको आर्थिक बजार क्यानाडाको भन्दा धेरै गुणा बढी छ । क्यालिफोर्निया स्टेटको जनसंख्या र बजेट क्यानाडाभरिको भन्दा कम नहोला । जबकि अमेरिकाभन्दा क्यानाडा क्षेत्रगत हिसाबले ठूलो देशमात्र होइन, यो विश्वमै रसियापछिको दोस्रो ठूलो देश नै हो । क्यानाडाले आफ्नो आर्थिक वृद्धिदर कायम राख्न कुल जनसंख्याको १० प्रतिशत हरेक वर्षआप्रवासी भित्र्याउने गर्छ । यसबाटै बुझिन्छ, जनसंख्या वा जनशक्ति कति महत्त्वपर्ूण्ा कुरा रहेछ ।
छिमेकको फाइदा
विश्वको कुल जनसंख्याको १ तिहाइ हाम्रा छिमेकी मुलुक चीन र भारतमा बस्छन् । संसारका सबै विकसित मुलुकले ती दर्ुइ देशमा आ“खा गाडेका छन् । लगानी गर्न उद्योगधन्दा खोल्न, व्यापार व्यवसाय पर््रबर्द्धन गर्न त“छाड-मछाड गर्दैछन् । हामी नेपाली कति भाग्यमानी, हामी ती दुवैका बीचमा रहेका छांै । अब हामीले त्यसको फाइदा किन नलिने भन्ने बेला आएको छ ।
विकासको मेरुदण्ड
सबैलाई थाहा भएकै कुरा हो, जीवनकै मुख्य आधार भनेको यातायात, विद्युत् र सञ्चार हो । यी ३ चिजमा १ को कमी हुनु भनेको अपांगजस्तै हुनु हो । अर्थतन्त्रमा द्रुतगतिमा रहेका चीन र भारत दुवैको विकासको १ प्रतिशतमात्र भाग हाम्रोमा पार्नसके पनि हाम्रो सानो मुलुकलाई पर्याप्त हुनसक्छ । त्यसैले त्यसको पहिलो थालनी हामीले शरीरको अस्थिपञ्जरको रूपमा सडक सञ्जालबाट सुरुवात गर्न जरुरी छ । नेपाललाई भविष्यमा तर्राई-काठमाडांै जोड्ने र तर्राई क्षेत्रमा पर्ूव-पश्चिम रेल्वे लाइन -कालान्तरमा एसिया-युरोप जोडिने) मेरुदण्डको रूपमा निर्माण गर्न अत्यन्त जरुरी छ । वास्तवमा हामी अहिले मेरुदण्डविहीन छौं ।
अस्थिपञ्जरको खाका
विकासको अस्थिपञ्जरको रूपमा निम्न अनुसारको अन्य सडक सञ्जालको पनि उत्तिकै जरुरी छ ।
पिर्ूव-पश्चिम राजमार्ग -तर्राई क्षेत्र) जुन हाल तयारी अवस्थामा रहेको छ ।
पिर्ूव-पश्चिम राजमार्ग
-मध्यपहाडी क्ष्ँेत्र) जुन हाल काभ्रेदेखि काठमाडांै, कास्की ह“ंुदै म्याग्दीसम्म करिब-करिब तयारी अवस्थामा रहेकोे छ ।
पिर्ूव-पश्चिम राजमार्ग -हिमाली क्षेत्र) जसको रेखांकन पनि भएको छैन र यसको सम्भाव्यता छ-छैन, अध्ययनको विषय छ ।
चीन र भारतलाई जोड्ने गरी हालका पा“चै विकास क्षेत्र भएर उत्तर-दक्ष्ँिण राजमार्ग निम्न अनुसारको आवश्यकता पर्ने देखिन्छ -
धिनगढी, महेन्द्रनगर हं“ुदै दार्चुला, तिब्बत सिमानासम्म
निेपालगन्ज, सर्ुर्खेत हु“दै जुम्ला, सिमिकोट, तिब्बत सिमानासम्म
पिोखरा, बेनी, जोमसोम हु“दै तिब्बत सिमानासम्म -सिर्द्धार्थ राजमार्ग)
विीरगन्ज वा जनकपुरबाट काठमाडांै हुु“दै तातोपानी, तिब्बत सिमानासम्म -अरनिको राजमार्ग)
ििवराटनगर, धरान, धनकुटा हु“दै तिब्बत सिमाना
भिmापा, इलाम, पा“चथर हु“दै तिब्बत सिमाना
अन्तर्रर्ााट्रय मापदण्ड कायम राख्न यी पर्ूव-पश्चिम र उत्तर-दक्षिण राजमार्गको नाम एउटै हुनु जरुरी छ । जस्तै ः बेलहिया, भैरहवाबाट पोखरा, बागलुङ, जोमसोम हु“दै तिब्बत सिमानासम्म राजमार्गको नाम सिर्द्धार्थ राजमार्ग हुनु उपयुक्त हुन्छ । बीचको खण्डलाई पोखरा बेनी, बेनी जोमसोम खण्ड जे नाम दिऊ“, तर भारतदेखि चीन छिचोल्ने एउटै राजमार्गको नाम सिर्द्धार्थ राख्नसके बेस ।
राजमार्ग छेउछाउका बस्ती
राजमार्ग भनेको तोकिएको डिजाइन गतिमा गाडी गुडाउन बनाएको हो । राजमार्ग बस्तीबाट टाढा हुनर्ुपर्छ यात राजमार्ग छेउछाउका बस्ती हटाउनर्ुपर्छ । बस्ती र सहरलाई लिंकरोडहरूबाट जोडिनर्ुपर्छ । राजमार्ग तर्राई र समथर भूभागमा प्रतिघन्टा ८० देखि १०० किमि र पहाडी भूभागमा ४० देखि ७० किमिसम्म गाडी हा“क्न मिल्ने खालको हुनर्ुपर्छ । मेची-महाकालीको १००० किमि दूरी १२ घन्टामा पार हुनसक्ने खालको राजमार्गको क्ष्ँमता हुनर्ुपर्छ । यसका लागि राजमार्गमा ४ लेन अर्थात् २ वटा गाडी जानसक्ने र २ वटा गाडी आउनसक्ने खालको चाहिन्छ । दर्ुइ राजमार्गको क्रसिङमा समेत आकासे पुलमार्फ दर्ुइ राजमार्गलाई छुट्याउने खालको हुनर्ुपर्छ ।
स्वतन्त्र व्यापार क्षेत्र
हवाईजहाज हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने हालको बाध्यताका कारण नेपालगन्जको सुनभन्दा सिमिकोटको नुन मह“गो छ । सरकारले सधैं ती उच्च हिमाली क्ष्ँेत्रका जनताको खाद्यान्न ढुवानीमा ठूलै धनराशि खर्चिनुपर्ने अवस्था अझ विद्यमान छ । सीप र जा“गरका धनी जुम्ली, हुम्ली, डोल्पाली पनि आफ्नै उत्पादन काम्ला राडीहरू नेपालका अन्य भाग, तिब्बत र भारतका विभिन्न भागमा बेच्न पनि उत्तिकै सिपालु छन् । भारतको माल चीनमा र चीनको माल भारतमा समेत बेचेर देशकै अर्थतन्त्र मजबुत बनाउन सक्ने कुरा उनीहरूलाई रामै्र थाहा छ । तर डोकोमा माल महिनौं दिन बोकेर कति साध्य होला - ती जुम्ली, हुम्ली, डोल्पालीसमेतलाई आफ्नो खुट्टामा उभिन सक्नेसमेत बनाउन नेपालले आफूलाई ती दर्ुइ छिमेकी मुलुकको करिडोर बनाउन सक्नर्ुपर्छ । दर्ुबई, हङकङ, सिंगापुरजस्तै न्यून वा शून्य भन्सार सुविधा भएको स्वतन्त्र व्यापार क्ष्ँेत्र अर्थात् प्रिm ट्रेड जोनको रूपमा विकास गर्न सक्नर्ुपर्छ ।
विमानस्थलको विस्तार
यात्रु सुरक्ष्ँाका लागिसमेत काठमाडौं बाहिर पोखरा, विराटनगर, भैरहवा, नेपालगन्जमा प्राथमिकताको आधारमा अन्तर्रर्ााट्रय वा क्षेत्रीय स्तरका विमानस्थलको तुरुन्त निर्माण थालनी गर्नुपर्ने जरुरी देखिन्छ । अन्तर्रर्ााट्रय उडानमा नेपाल आएका विमान प्राविधिक वा मौसम जेसुकै कारणले नेपालको काठमाडांैस्थित एकमात्र त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलमा उत्रन नसक्ने अवस्थामा नजिकको वैकल्पिक विमानस्थल ढाका या नया“दिल्ली र्फकनुपर्ने अवस्थाको अन्त्य हुनर्ुपर्छ । आकस्मिक ल्यान्डिङका लागि मुलुकभित्रै विकल्प चाहिन्छ । साथै नेपालको पर्यटनको विकास र दर्ुगम क्षेत्रका जनताको सुविधाको लागिसमेत आवश्यकता अनुसारको नया“ विमानस्थलहरूको निर्माण र पुरानोको नियमित मर्मत-सुधारको कुरामा पछि पर्न हु“दैन ।
पेट्रोलियम पदार्थको विकल्प
प्रकृतिले नेपाललाई पुरस्कारको रूपमा पर्याप्त मात्रामा हिमाल, पहाड, तर्राई र प्रशस्त पानी दिएको छ । यसको सदुपयोग भनेको विद्युत् उत्पादन हो । विद्युत् उत्पादन क्षमतामा विश्वमै चीन पहिलो, ब्राजिल दोस्रो र नेपालको तेस्रो स्थान पर्छ ।
बस-ट्रक लगायतका सवारी साधनमा प्रयोग हुने पेट्रोलियम पदार्थका लागि विदेशी मुद्रा खर्चिनुपर्ने आजको अवस्थामा पानीबाट उत्पादित विद्युत्बाट सञ्चालन हुने ट्रलीबस, ट्राम, विद्युतीय रेलको अधिकतम प्रयोग गर्नसके विदेशी मुद्रा बचत हुने कुरा त छ“दैछ, वातावरणीय प्रदूषणबाट पनि मुलुकलाई जोगाउन सकिन्छ । विशेषगरी नेपालको तर्राई क्ष्ँेत्रको सहर-बजार र काठमाडांै, पोखरा लगायतका उपत्यकामा तुरुन्त त्यस्ता विद्युतीय यातायातको सम्भावना रहेको कुरामा कसैको मन नबाझ्ला । साभार:कान्तिपुर अन्लाइन।
-लेखक, इन्जिनियर हुन् ।)